Loading...

सर्लाही जलमग्न, पोखरी भरिएर सडकमा माछा निस्किए


आश्विन ९ - आइतबार साँझदेखि परेको वर्षाले सोमबार अपराह्न सर्लाहीका अधिकांश भू-भाग जलमग्न भएको छ ।
बढी क्षति गर्ने वागमती, लखनदेही र झिम नदी भरिएका छन् । यसबर्ष तीनवटै नदीमा बर्षा लागे पछिको सबै भन्दा ठूलो बाढी देखिएको हो ।
पानी जमेर सदरमुकाम मलंगवाका सम्पूर्ण सडक जलमग्न भएका छन् । पोखरी भरिएर सडकमा समेत माछा निस्किएका छन् । पूर्व पश्चिम राजमार्ग र मलंगवा नवलपुर सड्कमा अत्यन्तै कम सवारी चलेका छन् । झरीका कारण प्याब्सनले बिद्यालय बन्द गरेको छ ।
जिल्लाको दक्षिणी भेगमा डुवान बढेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए । 'अहिले सम्म खासै क्षती भएको र उद्दार गरिहाल्नु पर्ने अवस्था आएको छैन,' उनले भने, 'तर, निरन्तर पानी परिरहे भन्न सकिने अवस्था पनि छैन् ।'
जिल्ला प्रशासन कार्यालयले निरन्तर झरी परिरहेपछि सोमबार स्थानीय एफएम रेडियो मार्फत नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
--

Encroachers clash with forest guards

SARLAHI, May 4: Encroachers clashed with forest guards in Ganichithan of Bharatpur, Dhanusha on the second day of the government campaign to drive them out of the forest land. The team, consisting around 50 policemen and 150 forest guards, initially, fired three shots in the air after being attacked by the encroachers.

Later, additional reinforcements from Nepal Police and Armed Police Force (APF) had to be called and the encroachers were finally chased away after firing two tear gas shells and around 20 rounds in the air.

District Forest Officer (DFO) of Dhanusha Hira Lal Kushwaha said around 400 hundreds illegal huts were torched by the team in Charnath Khola, Gainchi Maithan, Dubiather and Uriyather of Bharatpur on Wednesday. He said three of the encroachers who attacked the team have been detained by the district forest office.

The team had started the campaign from Tuesday setting up a camp at the Area Forest Office Pushpawalpur.

Forest officials said thousands of bighas of forest land have been encroached in Bharatpur and Godar village development committees. 


उखु किसानले तोकिएको मूल्य पाएनन्

चिनीमा भ्याट छुट दिएर उखुको भाउ बढाउने सहमति सरकारले कार्यान्वयन नगर्दा किसानले तोकिएको मूल्य पाउन सकेका छैनन् । भ्याट छुटको निर्णय तीन महिनामा पनि कार्यान्वय नहंँुदा किसानको करोडौं रुपैयाँ रोकिएको छ । प्रतिक्विन्टल ४ सय १ रुपैयाँ मूल्य कायम भएको उखुको किसानले ३ सय रुपैयाँका दरलेमात्र भुक्तानी पाएका छन् । 

इन्दुशंकर चिनी उद्योगले शनिबारसम्म साढे २२ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । भ्याट छुटबापत उनीहरूले पाउनुपर्ने रकम करिब १० करोड पुगिसकेको छ । उखुको मूल्य वृद्धिको माग गर्दै किसान आन्दोलनमा उत्रिएपछि पुस १९ गते तत्कालीन प्रधानमन्त्री माधव नेपालको उपस्थितिमा किसान नेता र उद्यमीबीच मूल्य बढाउने सहमति भएको थियो । चिनी उद्योगले ३ सय ५९ र चिनीमा ७० प्रतिशत भ्याट छुटबापतको हुने ४२ रुपैयाँ थपेर उखुको मूल्य ४ सय १ रुपैयाँप्रति क्विन्टल कायम गरिएको थियो । 

सरकार परिवर्तनलगत्तै उक्त सहमति कार्यान्वयनमा प्रधानमन्त्री, अर्थमन्त्री, राजस्व सचिवलगायतले रुचि नदेखाएको किसान नेताको आरोप छ । भ्याट छुटको सहमति कार्यान्वयनका लागि वर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह गर्न जाँदा उनीहरूले राजनीतिक कुरा भएकाले अध्ययन नगरी भ्याट छुट नहुने जवाफ दिने गरेको किसान नेताले बताएका छन् ।  

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली सरकार परिवर्तन भएपछि वर्तमान सरकारी नेतृत्वले पुरानो सहमतिलाई गम्भिरतापूर्वक नलिएको बताउँछन् । 'वर्तमान सरकारले उक्त सहमति कार्यान्वयनमा रुचि देखाएको छैन,' मैनालीले भने ।


गोलभेडाको मूल्य २० गुणा सस्तो

राम्रो मूल्य पाएर यस वर्षको मध्य सिजनमा अप्रत्याशित आम्दानी गरेका गोलभेडा किसानले उत्पादनको अन्तिम समयमा भने मजदुर खर्चसमेत नउठ्ने भाउमा चित्त बुझाउनुपरेको छ ।

चैत अन्तिम सातादेखि गोलभेडाको भाउ गिर्दाे छ । अहिले प्रतिकिलो २ रुपैयाँमा बिक्न हम्मे पर्छ । मध्य सिजनमा ४० रुपैयाँ किलोमा हातहातै बिक्री भएको गोलभेडा अहिले टिपेर बजार पुर्‍याउँदा लाग्ने खर्चसमेत नउठ्ने कृषक बताउँछन् । 

'अहिले किसानले बजारमा ल्याएको गोलभेडा नबिकेर फ्याँकेर र्फकन्छन,' सासापुरका किसान खुशीलाल महतोले भने, 'पहिले राम्रो मूल्य पाएकाले अहिले सस्तो बेच्नुपरे पनि किसान थेगिएका छन् ।

किसानले अलगअलग समयमा बीउ रोपेर उत्पादन गर्दै आएका छन् । सकिने बेलाको उत्पादनको भाउसमेत राम्रो हुने गरेकाले पछिल्लो पुस्ताको गोलभेडा अहिले उत्पादन भइरहेको छ । गत वर्ष वैशाखमा गोलभेडा अभाव भएर ४० रुपैयाँ किलोसम्म थोक व्यापारीले किनेका थिए । कतिपय किसानले अन्तिममा राम्रो भाउ पाउने आशामा ढिलो फल्ने गोलभेडा धेरै जमिनमा रोपेका थिए । 'त्यस्ता किसानलाई निकै असर गर्‍यो,' गोलभेडाका थोक व्यापारी शम्भु चौधरीले भने, 'पहाडी क्षेत्रमा बढी उत्पादन भएकाले गोलभेडाको भाउ छैन ।'

वसन्त ऋतु लागेपछि पहाडी भेगमा प्रशस्त गोलभेडा उत्पादन भएपछि माग कम भएकाले भाउ घटेको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार निश्चित मूल्य नभएका कच्चा उत्पादनको मूल्य बजारले तय गर्ने भएकाले कुन बेला कति मूल्य हुन्छ थाहै हुँदैन ।

फागुनसम्म प्रत्येक दिन यहाँ उत्पादित ४ हजार क्रेट गोलभेडा देशका विभिन्न सहरमा बिक्रीका लागि बाहिरने गथ्र्याे । अहिले यहाँ दैनिक करिब २ हजार क्रेट उत्पादन भइरहेको छ । नवलपुर, लालबन्दी, सासापुर, कर्मेयालगायतबाट गोलभेडा दैनिक काठमाडौंलगायत देशका प्रमुख सहरमा पुग्ने गर्छ ।


~ अमन कोइराला / कान्तिपुर

दुई चुरे भावर पार्टीबीच आरोप प्रत्यारोप

विराटनगर, चैत्र २९ - चुरे भावर राष्ट्रिय एकता पार्टी र चुरेभावर राष्ट्रिय पार्टीबीच देखिएको आधिकारिकता लडाईं जिल्ला तहसम्म आइपुगेको छ ।

एक मात्र सभासद केशवप्रसाद मैनालीले चुरेभावर राष्ट्रिय एकता पार्टी छाडेर छ महिना अघि करिब ९० प्रतिशत केन्द्रीय सदस्य लिएर चुरेभावर राष्ट्रिय पार्टी गठन गरेपछि विवाद केही मथ्थर भएको थियो । तर अहिले जिल्ला तहमा पार्टी संयन्त्रहरुमा को सहभागी हुने भन्ने विषयमा दुई पार्टी विच आरोप प्रत्यारोप हुन थालेको छ ।

सभासद भएको पार्टी नै राष्ट्रिय पार्टी हुने बताउदै चुरेभावर राष्ट्रिय पार्टीलाई स्थानिय निकायहरुका संयन्त्रमा सहभागी गराएपछि चुरेभावर राष्ट्रिय पार्टीले त्यसको विरोध गर्न थालेको छ ।

अध्यक्ष हिमालय प्रधानाङ्गले चुरेभावर राष्ट्रिय एकता पार्टीको मोरङ्गमा जिल्ला कार्यालयको उदघाटन गरेपछि दुई भावर विच विवाद चुलिएको हो । चुरेभावर राष्ट्रिय एकता पार्टीले विज्ञप्ती जारी गरि चुरेभावर राष्ट्रिय पार्टीका उपाध्यक्ष घनश्याम टण्डन क्ष्ाेत्रीले आफ्नो पार्टीको नाममा संयन्त्रमा सहभागिता जनाएको उल्लेख गर्दै आपत्ती प्रकट गरेपछि पुनः टण्डनले विज्ञप्ती निकाली आफ्नो पार्टी राष्ट्रिय मान्यता प्राप्त पार्टी भएकाले सोही हैसियतमा संयन्त्रहरुमा सहभागिता जनाएपनि अन्य कुनै दलको नाममा आफुले सहभागिता नजनाएको प्रष्ट्याएका छन् ।

चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीलाई तत्कालिन बरिष्ठ उपाध्यक्ष बाबु थापा समूहले निष्कासन गरेको भन्दै पार्टीको आधिकारिकता आफुहरुले पाउनु पर्ने विषयमा तीन वर्ष अघि सर्बाेच्चमा मुद्धा दायर गरेपछि चुरेभावरको विवाद सडक सम्म आएको थियो ।

सोही बेला बाबु थापाको समूहले चुरेभावर अध्यक्ष मैनालीका छोरा समिर मैनालीलाई हरिऔनमा सांघातिक आक्रमण गरेका थिए । सोही बेला बाबु थापा हातहतियार र ज्यान मुद्दामा कारागार चलान भएका थिए ।

तर सर्बाेच्चमा दुई वर्षदेखी बिचाराधिन रहेको मुद्धाको फैसला आउनु अघि नै महासचिव भूमिराज निरौलाले थापाको पक्ष लिएर संस्थापन पक्षलाई हराउन लागेको भन्दै सप्तरीको माहुलीमा गत असार २८ गते बसेको केन्द्रीय समितिको बैठकले  महासचिवबाट भूमि निरौलालाई हटाएको थियो । उक्त बैठकमा ३६ जना केन्द्रीय सदस्य सहभागि रहेका थिए । तत्कालीन बरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ्ग र हिमालय प्रधानाङ्ग भने बैठकमा सहभागि थिएनन् ।

त्यस लगत्तै निरौलाले राजधानीमा पत्रकार सम्मेलन गरि पार्टी अध्यक्ष मैनालीलाई साधारण सदस्यता समेतबाट हटाएको सार्बजनिक गरे । एकले अर्कालाई निकाला निकाल चलिरहेको बेला पार्टी अध्यक्ष मैनालीले ९० प्रतिशत केन्दि्रय सदस्य लिएर छ महिना अघि चुरेभावर राष्ट्रिय पार्टी खोले । मैनाली पक्ष आधिकारीक होइन र सभासदबाट मैनालीलाई हटाउनु पर्छ भनेर प्रधानाङ्ग पक्ष लागेको छ भने मैनालीले संसद सचिवालय सिंहदरवारमा चुरेभावर राष्ट्रिय पार्टी दर्ता गरिसकेका छन् । 

http://www.ekantipur.com/np/2067/12/29/full-news/327951/ 

Rule-breaker lawmaker

SARLAHI: Kiran Kumari Ray, a Constituent Assembly member from the CPN-UML, proved here today that she is no ordinary SLC examinee, albeit differently.

The examinee with the symbol number 0227579 and registration number 6722099053 should have taken the Mathematics exam at room number 6 of the Sarlahi-based Shree Chakra Janata Sahid Ganga Higher Secondary School. But she was not at the exam hall. Taking the exam on Kiran's 'behalf' was her daughter Mamata Kumari. "When rumours spread that daughter was sitting for a CA member's exam, Mamata fled the centre," said Deeplal Mahato, a local.

While SLC examinees at the centre said they had seen Mamata writing English and Nepali papers as well. Examination Coordination Committee Chairman and CDO Shambhu Ghimire said they have 'expelled' Kiran Kumari upon finding that her daughter was sitting for her exam.

Ghimire said they have suspended exam superintendent Raj Kumar Thakur on the charge of helping Mamata escape. "An investigation is underway," Ghimire said, though Ray and her daughter are yet to land in police net.

Four held with arms

MALANGAWA: Police detained four people with a pistol, bullets and sharp weapons from Chatual VDC, Sarlahi district, on Sunday night. The detainees are Ramgyan Sahani, Ramsewak Sahani, Ganesh Pandit and Ekwal Sahani of Chataul. SP Purnachandra Joshi informed that the four were detained while they were fighting during a marriage ceremony in the village. 


 
^