Loading...

एक मधेस, एक प्रदेशको विरोध

लुम्बिनी, कार्तिक २ - 'एक मधेस एक प्रदेश' मागको अन्त्य, थारूहट प्रदेश स्थापना, जातीय भाषा, सांस्कृतिक पहिचान तथा अस्तित्व स्थापित गर्नेलगायत विषयमा केन्द्रित रह"दै शनिबार यहा" 'अन्तर्रर्ााट्रय थारू सम्मेलन तथा बौद्ध विचार गोष्ठी' सुरु भएको छ ।

एक मधेस एक प्रदेश गलत भनी सम्मेलनले अघि सारेको एजेन्डालाई सम्मेलनका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले जायज भने ।

'एक मधेस एक प्रदेशको माग मुठ्ठीभरलाई खुसीको कुरा भए पनि बहुसंख्यक र आम जनता र्समर्थनमा छैनन्,' उनले भने, 'त्यसैले यस मागलाई सरकार र मेरो पार्टर्ीीमालेले मान्यता दिएको छैन ।'

तर्राईको धर्तीपुत्र तथा धर्तीपुत्री थारू जाति रहेको चर्चा गर्दै गौतमले उनीहरू भूमिहीन भएर कम्हलरी, हरुवा, चरुवा हुन बाध्य हुनु परेको प्रचलनलाई नया" नेपाल निर्माणको क्रमस"गै अन्त्य गरिने विश्वास दिलाए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शर्ेपाले तर्राईका आदिवासी जनजाति हतियारधारी समूहबाट असुरक्षित रहेको बताएका थिए ।

 थारू कल्याणकारीणी सभाका महामन्त्री राजकुमार लेखीले थारूको ऐतिहासिक भूमिमा स्वायत्त प्रदेशको नाममा एक मधेस एक प्रदेशको मागलाई अघि सारेर विभाजन गर्न खोजेमा अमान्य हुने र व्रि्रोहको थालनी गरिने बताए ।

थारू कल्याणकारीणी सभाद्वारा आयोजित सम्मेलनमा तर्राईका २४ जिल्ला र भारतबाट समेत गरी पा"च सय प्रतिनिधि छन् ।

--------------

कान्तिपुर

Comments :

1
rajendra said...
on 

We should strongly oppose the Indian roles to make "Terai: a single state with autonomous right". This is the grand design to disintegrate nepal into many parts. Therefore, we should strongly oppose the proposition of One state: Terai.

On this regard, we have posted thought provoking article by Dr. Ajaya Jang Kunwar in our blog. Hopefully, it will be good article to the reader of Sarlahi Online also, therefore sharing with you. I hope that you will not mind for that.
The link is as follows:
http://nepaleseingoettingen.blogspot.com/2008/02/why-there-is-no-need-of-single-madhes.html
Thank you very much!

Post a Comment

 
^