इन्धनमा भएको मूल्यवृद्धि र अभावका कारण स्थानीयवासी वैकल्पिक ऊर्जाको खोजीमा जुटेका छन् ।
सर्लाहीको दक्षिणी क्षेत्रका बासिन्दा बजारमा इन्धन अभाव र वनजङ्गल पनि घरपायकमा नभएपछि गोबरका चट्टी -गुइाठा) बनाएर इन्धनको जोहो गर्न थालेका छन् ।
हेमपुर-५ की कुसलादेवी राय- मर्दापर्दा घरछिमेकमा एक दुई दर्जन चट्टी सहयोग गर्नुपर्छ । बजारमा ६६ रुपियाा तिर्छु भन्दा पनि मट्टतिेल पाइादैन । हामी जस्ता गरिबको हिउादको खाना पकाउने पनि चट्टी, मरेपछि लास पोल्ने पनि चट्टी हो भन्नुहुन्छ ।
वषर्ा सकिने बित्तिकै जानकी नगर-८ का ६२ वषर्ीय लखनदेव महतो ढोड, गोबर, घाास र रहरका झिक्रा जम्मा गरेर चट्टी बनाउन व्यस्त हुनुहुन्छ । उहााले भन्नुभयो- गाईको गोबरबाट बनेको चट्टी गाउामा सामाजिक कार्य हुादा र लास पोल्न उत्तम मानिन्छ ।
सर्लाहीका अधिकांश बासिन्दाहरू खाना पकाउनेदेखि कुाडो पकाउनसम्म गुइाठाकै इन्धन प्रयोग गर्छन् । आलो गोबर मुछेर झिक्रा राखी चुलोको आकार अनुसार विभिन्न बुट्टा र बान्कीमा गुइाठा तयार पार्न सिपालु हुनुहुन्छ । हजरिया-३ का बद्री सहनी । घरमा बूढाबूढी र केटाकेटी मात्र छन् । बागमती तरेर जङ्गलबाट दाउरा ल्याउादा दिन त्यत्तिकै बित्छ । ल्याएको दाउराले दुई/चार छक भात पनि पाक्दैन । गोबरबाट बनेको गुइाठा केही बेच्छु । केही आफैा प्रयोग गर्छु, सहनीले गोरखापत्रलाई बताउनुभयो ।
सर्लाही खुटौनाका स्थानीयवासी गुइाठा बनाएर बेच्न भारतको सोनवषर्ा समेत जाने गर्दछन् । स्थानीय प्रतिभा रायका अनुसार छोराछोरीले चराउन ल्याएका बस्तुको गोबर जम्मा गर्छन् । उहाा चट्टी बनाउनुहुन्छ । उहााका श्रीमान् चट्टी किन्ने मानिस खोजेर ल्याउनुहुन्छ । सातजनाको परिवारको गुजारा गुइाठा बेचेर चलेको छ ।
इन्धन मात्र होइन, घरको चारैतिर र सडकको छेउमा पर्खालको काम पनि यसले गरेको पाइन्छ । हजरियाका सडकका दायााबायाा सुकाउन राखिएका अग्ला अग्ला चाङका गुइाठाले बालीनालीको पनि सुरक्षा गरेको पाइयो ।
उता पिपरियाका डुम परिवारका रामेश्वर माली डुमले भने सुागुरको खोर नै बनाउन यसको प्रयोग गर्नुभएको पाइयो । उहााले भन्नुभयो- सबैका भकारीमा धान छ, हाम्रो भकारीमा धन छ । यसो हेर्न खोज्दा अर्काको धनमा आाखा नलगाउन उहााले चेतावनी दिनुभयो । उहााले त भकारीभरी गुइाठा राख्नुभएको रहेछ । हेरेर आफ्नो धन गुइाठा भयो, भन्ने ख्यालठट्टा उहााको थियो ।
रामेश्वरले गुइाठाको इन्धन बेचेर दाल, चामल र लत्ताकपडा किन्ने गरेको सुनाउनुभयो । उहााले सडक र नहरको छेउछाउ चराउन लगेका भैासी लगायतको गोबर सङ्कलन गरेर चट्टी बनाइएको र चट्टी बनाउने उपयुक्त समय पहारिलो घाम लाग्ने समय फागुनदेखि वैशाखसम्म उपयुक्त भएको जानकारी दिनुभयो ।
गोबरका गुइाठा-चट्टी) बनाउादा धानको भूस, काम नलाग्ने कसिंगर, खेरजाने झार र झिक्राको पनि प्रयोग गर्न सकिने हुादा सबै कुराको सदुपयोग हुने स्थानीयवासीले बताए । रमलादेवीका अनुसार यसको खरानी पनि बोटविरुवाहरूको लागि उर्वर किसिमको हुन्छ र लाया, भुसुनाजस्ता सागपातमा लाग्ने रोगका कीटाणुलाई नियन्त्रण गर्न काम लाग्छ ।
राम्ररी सुकेको गुइाठाको धूवाा नआउने, दुईटा चट्टीले एक छाक खाना पाक्ने, बिक्री गर्दा पनि चट्टी अनुसारको सात रुपियाासम्म प्रतिचट्टी बिक्री गर्न सकिने हुादा यसबाट फाइदै फाइदा लिन सकिन्छ । रामेश्वर साह भन्नुहुन्छ ।
धूवाा आउने गुइाठा भने खतरनाक हुन सक्ने स्वास्थ्यकर्मी बताउाछन् । स्थानीय डाक्टर गोविन्दनारायण झाका अनुसार यसको धूवााबाट खोकी, दम रुघा लागिरहने जस्ता स्वासप्रश्वास सम्बन्धि रोग लाग्न सक्छ ।
वैकल्पिक ऊर्जाले वन विनास हुनबाट रोकिने धारणा जिल्ला वन प्रमुख यमबहादुर थापाको छ भने सर्लाहीका दक्षिणी क्षेत्रका ६० भन्दा बढी गाविसमा यसै इन्धनलाई अपनाइएको देखिन्छ ।
------------------------------
गोरखापत्र







Comments :
Post a Comment