लहान, वैशाख २७ (नागरिक)- सिरहा र सप्तरीमा भएको छुटाछुटै घटनामा तीन जनाको मृत्यु भएको छ भने छ घाइते भएका छन्। सप्तरीको पकरी १ मा प्रहरी विन्दु यादव र रमेश मण्डल समूहबीच जग्गा विवादका कारण गोली चल्दा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा रमेश मण्डल रंजित मण्डल र सकलदेव मण्डल छन्। घाइतेहरु छुन्छु मण्डल सन्तोष मण्डल भोला मण्डल मन्सी मण्डल र भिमा मण्डलको उपचार धरानमा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भोपाल भण्डारीका अनुसार यादव र मण्डल समूहबीच जग्गा विवादका कारण गोली चलेको र गोली चलाउने समूहको खाजी भइरहेको छ। त्यसैगरी सिरहाको रामपुर पिप्रामा विवाह समारोहमा गोली चल्दा रामनारायण साह घाइते भएका छन्। स्थानीय फुलगेन साफीको भतिजीको विवाह समारोहमा गोली चलेको हो। ५। ७ जनाको हतियारधारी समूहले ५। ६ राउण्ड हवाइफायर गरी फुलगेनलाई अपहरण गर्न खोज्दा रामनारायणले प्रतिकार गरेपछि उनिमाथि गोली चलाइएको थियो। प्रतिकारमा अपहरणकारीले उनीमाथि गोली प्रहार गरी फुलगेन साफीलाई अपहरण गरी लगेको छ। अपहरणकारी र अपहरितको खोजी कार्यमा तीब्रता बढाएको प्रहरी प्रमुख रमेश खरेलले बताएका छन्।
-----------
nagariknews.com
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment