Loading...

चुरे भावर विभाजनको संघारमा

काठमाडौं जेठ २३, (नागरिक)- चुरे भावर राष्ट्रिय एकता पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी अध्यक्ष केशवप्रसाद मैनाली र उपाध्यक्ष बाबु थापा पक्षले एउटै मितिमा छुट्टाछुट्टै ठाउँमा महाधिवेशन गर्ने घोषणा गरेपछि पार्टी विभाजनमा संघारमा पुगेको हो।

चुरे भावर पार्टीको विवाद महाधिवेशनको पूर्वसन्ध्यामा चर्कंदै गएको छ। चुरे भावरका अध्यक्ष मैनाली पक्षधरले सर्लाहीको हरिवनमा पार्टीको प्रथम महाधिवेशन गर्ने घोषणा गरेको छ। मैनालीले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी पार्टी महाधिवेशन जेठको २५ २६ र २७ गते हुने बताए।

उपाध्यक्ष बाबु थापा पक्षले भने पार्टी महाधिवेशन सोही मितिमा राजधानीमा महाधिवेशन हुने जानकारी गराएको एक साता नबित्दै मैनालीले हरिवनमा महाधिवेशन हुने बताएका हुन्।

पार्टीलाई बदनाम बनाउन केही तत्व लागेको बताउँदै मैनालीले भने- 'देशी विदेशीको इशारामा चुरे भावर पार्टीलाई बदनाम गर्ने खेलअन्तरग केही तत्व लागेका छन्। कुनैपनि भ्रममा नपरी महाधिवेशनमा सहभागी हुन कार्यकर्ता र समर्थकलाई आग्रहसमेत गरे।'

चुरे भावर फुटेको हो भन्ने प्रश्नमा उनले पार्टी एकताबद्ध भएको र केही स्वार्थी तत्वमात्र बाहिरिएको बताए। उनले आफ्नो दलले चुरे भावरको अधिकार राष्ट्रिय एकता र अखण्डताका लागि संघर्ष गरिरहने बताए।

एक अर्को जिज्ञासामा उनले सरकारमा सम्माजनक उपस्थितिका लागि संविधानसभामा सानामा दलका १० सभासदको मोर्चा बनाइएको बताए। उनले आफ्नो मोर्चाको सरकारमा सम्मानजनक उपस्थितिसमेत हुने विश्वाससमेत व्यक्त गरे।


--
nagariknews.com

Comments :

0 comments to “चुरे भावर विभाजनको संघारमा”

Post a Comment

 
^