Loading...

उखुको मूल्य सहमतिमा निर्धारण

२०६६ पुस ४ - चालू क्रसिङ सिजनका लागि र्सलाहीको इन्दु शंकर र बाराको मामकौर चिनी उद्योगले किसानको मागअनुसार चिनीको मूल्य निर्धारण गर्न सहमति जनाएका छन् । दुवै उद्योगले प्रतिक्विन्टल उखुको मूल्य ४ सय १ रुपैया" कायम गरेका छन् । उक्त मूल्य गत वर्षो भन्दा प्रतिक्विन्टल १ सय ७१ रुपैया" बढी हो । उद्यमी र किसान प्रतिनिधि बीच शुक्रबार भएको वार्तामा चिनी उद्योग मूल्य बढाउन सहमत 
भएका हुन् ।

र्सलाहीका किसानस"ग उद्योगको वीरगन्जमा भएको वार्तामा सहमति भएको हो । यसअघि तीन चरणमा भएको वार्ता उद्यमीले प्रतिक्विन्टल उखुको ३ सय ४४ रुपैया"भन्दा बढाउन नसक्ने बताएपछि बिना निष्कर्षटुंगिएको थियो । उखु किसानले भने सुरुदेखि ४ सय १ मूल्य कायम गर्न माग गर्दै आएका थिए । 


पटकपटकको वार्ता नमिलेपछि एकसाताअघि हरिऔनमा भएको किसान भेलाले अनिणिर्त वार्तामा राखेको मागभन्दा बढाएर उखुको मूल्य ४ सय २७ कायम हुनुपर्ने नया" माग अघि र्सार्ने निर्ण्र्ाागरेको थियो । उनीहरूले सोही बेहोराको ज्ञापनपत्र उद्यमीलाई दिएर एकसाताभित्र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । 

ज्ञापनमा दिएको म्यादभित्रै शुक्रबार उद्योगले किसानलाई वार्तामा बोलाएर अघिल्लो वार्तामा राखेको मागअनुसार मूल्यदिन सहमत भएको हो । वार्तामा सहभागी मिलगेट उखु उत्पादक समितिका उपाध्यक्ष राजकुमार उप्रेतीले उत्पादन लागत र चुलिएको मह"गीका कारण किसानले राखेको जायज मागमा उद्यमीलाई सहमत गराउन सफल भएको प्रतिक्रिया दिए ।

'हामीले सहमति गरेभन्दा बढी नै माग गरेको भए पनि सन्तोषजनक मूल्य पाएकाले सहमति गर्‍यौं,' उनले भने, 'किसानकै लागि पनि चा"डै मिल सञ्चालन हुनर्ुपर्ने भएकाले सुरु माग अनुसारकै मूल्यमा सहमति भयो ।'

उद्योगले उखुको मूल्य भने ३ सय २० मात्र कायम गर्दै थप रकम अन्य सुविधा अर्न्तर्गत दिने भएको हो । वार्तामा सहभागी उखु उत्पादक किसान समाजका अध्यक्ष देवनारायण महतोका अनुसार भ्याट छुटबापत ४८ र उखु विकासका लागि ३३ रुपैया" थप गरेर उखुको मूल्य ४ सय १ पुर्‍याइएको जानकारी दिए । भ्याट छुट भए पनि नभए पनि उद्योगले नै बेहोर्ने सहमति भएको उनले बताए । 'हामीले प्रतिक्विन्टल उखुको भुक्तानी ४ सय १ रुपैया" हुनर्ुपर्ने अडान राखेका थियौं,' महतोले भने, 'त्यो पूरा भएपछि वार्ता मिल्यो ।' 

वार्तामा इन्दुशंकर चिनी उद्योग र एभरेस्ट सुगर मिल महोत्तरीका सञ्चालकमात्र सहभागी थिए । अन्य उद्योग वार्तामा नआएको किसान प्रतिनिधिले जानकारी दिए । किसानका तर्फाट उखु उत्पादक संघ, मिलगेट उखु उत्पादक समिति, उखु उत्पादक हकहित समिति र उखु उत्पादक किसान समाजका प्रतिनिधि सहभागी थिए ।

बारामा भएको वार्तामा उखु उत्पादकको तर्फाट संघका अध्यक्ष वीरेन्द्र कुशवाहा, सचिव भोला चौधरीलगायत र मामकौर चिनी उद्योगका तर्फाट निर्देशक दीपेश अग्रवाल, महाप्रबन्धक शिवनाथ शर्मा, प्रबन्धक अवधकिशोर सिंह सहभागी थिए । सहमतिपछि उद्योग सञ्चानमा आएको छ । 'सहमतिले उद्योग तथा किसान बीचको नङ र मासुको सम्बन्धलाई कायम राख्न मद्दत मिलेको छ,' उद्योगका निर्देशक अग्रवालले भने । यो वर्षउद्योग सुरु भएको तेस्रो दिन शनिबारसम्म मात्र किसानहरूले ल्याएको एक हजार क्विन्टल उखु यस उद्योगले खरिद गरेको उद्योगका महाप्रबन्धक  शर्माले जानकारी गराए ।

यो वर्ष१२ लाख क्विन्टल उखु खरिद गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 'चिनीको भाउ वृद्धिले उखुको पनि यसपाला भाउ बढ्नु जरुरी थियो,' वार्तामा सहभागी मनहर्वा सखुइका उखु किसान रामानन्द यादवले भने । उनले २० बिघामा उखु लगाएका 

छन् । मूल्य निर्धारणको विषयमा उखु उत्पादक संघ र चिनी मिल एसोसिएसनबीच केन्द्रस्तरीयमा पटकपटक वार्ता भइरहे पनि अझै टुंगो लागेको छैन । उखु उत्पादन संघले उखुको मूल्य ४ सय १७ हुनुपर्ने र मिल एसोसिएसनले ३ सय ४४ रुपैया"भन्दा बढी दिन नसक्ने अडान राखेपछि अन्य ठाउ"को हकमा वार्ता मिल्न सकेको छैन । 'हाम्रो सहमतिले अरू ठाउ"को सहमतिका लागि ढोका खोलेको छ,' उखु उत्पादक संघ बाराका अध्यक्ष कुशवाहाले भने । मूल्य पाएपछि किसानहरू धमाधम उखु काट्न थालेका छन् ।

--
kantipur

बन्द हल्लाले गोलभेडाको मूल्य आधा

-अमन कोइराला

र्सलाही, २०६६ पुस ४ - बन्दको हल्लाले यहा" गोलभेडाको भाउ घटेको छ । अघिल्लो वर्षयही बेलाको भन्दा आधा कम मूल्यमा गोलभेडा बेच्नुपरेको किसानले बताएका छन् ।

सासापुरका किसान नरेश पाख्रिनले थोक खरिदकर्ताले बन्दको हल्ला आएकाले किन्न नमानेपछि मूल्य घटेको बताए । नवलपुरको शुक्रबारे हाटमा किसानले ३ देखि ४ रुपैया" प्रतिकिलोको दरले गोलभेडा बिक्री गरेका थिए । अघिल्लो सातासम्म यसको मूल्य ६/७ रुपैया" प्रतिकिलो थियो ।

यहा" उत्पादित गोलभेडा अधिराज्यका ठूला सहरमा बिक्रीका  लागि किसानस"ग खरिद गरेर ठूला व्यापारीले लैजान्छन् । बन्दको हल्लाले बाहिरबाट आउने थोक खरिदकर्ता घटेको मौका छोपेर स्थानीय व्यापारीले मूल्य घटाएको किसानको आरोप छ । कच्चा उत्पादन भएकाले मूल्य घट्यो भनेर थन्क्याउन नमिल्ने भएकाले किसानहरू घटी मूल्यमै गोलभेडा बिक्री गर्न बाध्य भएका हुन् । 'आधा उधारोमै बेचें,' पाख्रिनले भने, 'सडकमात्र बन्द नभइदिए पसिना बगाएर खेती गरे अनुसारको आम्दानी लिन पाइन्थ्यो ।'

स्थानीय कृषक तथा थोक खरिदकर्ता खोभारी रायले बन्दको हल्लाले भाउ दिन नसकिएको स्विकारे । 'हामी आफैं गोलभेडा बिक्रीका लागि सहर पुर्‍याउन सक्ने नसक्ने अन्योलमा छौं,' उनले भने, 'यस्तो अवस्थामा बढी मूल्य तिरेर किन्न सक्ने कुरै भएन ।' उनले बन्द हडताल नभए केही बढी मूल्यमा किन्न सकिने बताए ।

पाख्रिनले शुक्रबारमात्र ६ सय ४० किलो गोलभेडा बिक्री गरेका 

थिए । यस्तै अवस्था रहे बारीमा फलेको गोलभेडा नटिप्ने उनले 

बताए । काठमाडौंमा थोक व्यापारीलाई प्रतिकिलो १० रुपैया"को दरले बेच्ने गरिए पनि यहा"का किसान भने बन्दको हल्लाले उचित मूल्य पाउनबाट वञ्चित भएका छन् ।

मौसम अनुकूल भएकाले उत्पादन राम्रो भए पनि भाउ नपाएपछि किसानको लागतमात्र बढेको छ । प्रत्येक साता बिषादी छिट्नर्ुपर्ने, गोडमेल र दाना टिप्न पनि खर्च बढ्ने उनीहरूले बताए । अत्रौलीका किसान गोपालकान्त श्रेष्ठले ३ बिघा १० कट्ठामा रोपेको गोलभेंडाबाट यस वर्षघाटा लाग्ने अवस्था आएको भन्दै चिन्ता प्रकट गरे । सि"चाइ सुविधा नभएका पर्ूव पश्चिम राजमार्गस"ग जोडिएका उत्तरी गाउ"मा गोलभेडा खेतीबाट किसानले राम्रो आयआर्जन गर्दै आएका छन् । बढी मेहनत गर्नुपर्ने गोलभेडा खेतीमा राम्रो आम्दानीको आकर्षाले किसान तानिएका हुन् । तर तारन्तार हुने बन्दले कच्चा माल उत्पादन गर्ने किसान केही दिनमै लाखौं घाटामा जाने गर्छन् । 

अर्का व्यापारी अलाउद्दिन मिकरानी बन्दका बेलामा व्यापारीलाई नभई किसानलाई नोक्सान हुनेगरेको बताउ"छन् । 'हामी त अनुकूल मौकामा किन्छौं तर किसानले पाकेको गोलभेडा दर्ुइ दिन ढिला टिप्छु भनेर हु"दैन,' मिकरानीले भने, 'बन्द हडतालको मारमा बढी नोक्सानी किसानको हुन्छ ।'

--
ekantipur

शैक्षिक भ्रमणमा गएको बस दुर्घटना,एकको मृत्यु,२९ घाईते

-जितेन्द्र खडगा
राजबिराज, २०६६ मंसिर २५ - शैक्षिक भ्रमणमा सर्लाहीबाट इलामतर्फ जाँदै गरेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको जण्डौल खण्डमा बिहीवार बिहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य २९ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्थाको अत्यन्त चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका ज्ञानोदय इंग्लिस बोर्डिंग नयाँरोडका बिद्यार्थीहरु चढेको ना.३.ख १४१५ नम्बरको बस अनियन्त्रित भई पल्टेको थियो । दुर्घटनामा बसमा सवार १६ वर्षीया सुनिता बोहराको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाइ उपचारका लागि सगरमाथा अंचल अस्पताल राजबिराजमा ल्याईएपनि पाँच जनाको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुईरो लागेकाले बाटो हेर्न समस्या भएर उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बस अनियन्त्रित भई सडकबाट तल पल्टको थियो । बसमा ४० जना सवार रहेका थिए ।

--
ekantipur.com

परिचय: राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूह लालवन्दी-५, सर्लाही

परिचय
परंपरागत रुपमा आसपासमा रहेका राष्टिय वनलार्इ उपयोग र संरक्षण गर्दै आइरहेका स्थानीय उपभोक्ताहरुलार्इ संगठित गरी यसको संरक्षण, सम्वर्द्धन र उपयोग गर्ने हक हस्तान्तरण गर्ने नेपाल Government को वन नीति अनुरुप विभिन्न समयक्रममा सरकारले वृक्षारेापण गरी हुर्काएको सिसौ, मसलाको वृक्षारोपण वनका साथै प्राकृतिक वनको समेत केही भाग समेटी २०५८ पौष १० गते समूहलार्इ जिल्ला वन कार्यालयले श्री राधाकृष्ण सामुदायिक वनको रुपमा हस्तान्तरण गरेको थियो । समूहलार्इ ह्स्तान्तरण गरेपछि जिल्ला वन कार्यालय, चुरे जलाधार व्यवस्थापन आयोजना र अन्य विभिन्न निकायहरु तथा नागरिक समाजको सहयोग लिएर यस समूहले वन व्यवस्थापन, सदुपयोग तथा सामुदायिक विकास लगायतका थुप्रै कार्यहरु गरेको छ । गैह् काष्ठ वन पैदावरको खेती, नमूना प्रर्दशनी स्थल स्थापना, गरीवी न्यूनीकरण तथा "कदम"को बीउ“ बगैचा स्थापना लगायतका कार्यहरु जस्ता उल्लेखनीय कार्य तथा उपलव्धि यस समूहले प्राप्त गर्न सफल भएको छ । सामुदायिक वन विकास तथा समूह परिचालनको दिशामा यसले गरेको उल्लेखनीय कार्यको फलस्वरुप जिल्ला वन कार्यालय, सर्लाहीले जिल्लामा कार्यरत सामुदायिक वन उपभोक्ता समूहहरु मध्ये उत्कृष्ट कार्य गरेबापत २०६०।०६१ मा दोस्रो पुरुस्कार (प्रमाणपत्र तथा नगद पुरस्कार) प्रदान गरेको थियो ।

१.१ वन उपभोक्ता समूहको परिचय:
लालवन्दी गा.वि.स. वार्ड नं. ५ का परंपरागत २९४ घरधुरीका १६२६ जनसंख्या यस सामुदायिक वनका उपभोक्ताहरु हुन् जसमा १५ घरधुरीहरु पछिका वर्षहरुमा थपिएका हुन् । यस समूह भित्र ब्राम्हण-९४, क्षेत्री-६४, मगर-५३, विश्वकर्मा-३७, दमार्इ-६, सार्की-६, नेवार-९, महत्तो-६, तामाङ-४, ठकुरी-७ र अन्य घरधुरीहरु आ-आफनो रीतिथीति, धर्म परंपरा अनुसार अत्यन्त सौहाद्धपूर्ण तरिकाले आत्मिक वन्धनमा बाँधिएर मेलमिलाप साथ बसोबास गरेका छन् । आर्थिक रुपमा निम्न र मध्यम वर्गको अत्याधिक वाहुल्यता रहेको यस समूह सदस्यहरु राजनैतिक रुपले निक्कै सचेत छन् र गा.वि.स.का निवर्तमान दुर्इ कार्यकालका अध्यक्षहरु फरक-फरक पार्टीबाट यसै समूह सदस्यहरु थिए । प्राय: कृषी पेशामा आधारित यहाँका उपभोक्ताहरु कोही सरकारी पेशामा, कोही व्यापारमा व्यस्त भएतापनि यिनीहरुको जीवनशैली तथा जिविकोपार्जन मुख्यत: वनमा आधारित रहेको पार्इन्छ । काठ, दाउरा, घाँस, चरिचरण आदिकालागि यिनीहरु वन स्रोत माथिमा नै अत्याधिक भर पर्ने गरेका छन् ।

१.२ वनको परिचय:
हस्तान्तरित वनको क्षेत्रफल जम्मा ५५.२५ हेक्टर रहेको छ । यस सामुदायिक वन मुख्यत वृक्षारोपण गरिएका सिसा (Dalbergia sisoo) र मसला (Eucalyptus camaldulensis)को कृत्रिम वन हो । वृक्षारेापण वनको अलावा यस वन भित्र केही मात्रामा प्राकृतिक साल, असना, वर्रो आदि प्रजातिहरु पाइन्छ । यस वनलार्इ East-West Highway ले उत्तर र दक्षिण गरी दुर्इ भागमा विभाजित गरेकेा छ । राजमार्ग देखि उत्तर यस वनको खण्ड नं. १ र २ तथा जडीवुटी प्रदर्शन स्थल र दक्षिणमा खण्ढ नं. ३ र ४, नर्सरी तथा कार्यालय भवन रहेकेा छ । यसको साथै यस क्षेत्रमा कदम (Anthocephalus kadambaa) को वीउ (Seed orchard) यसै वर्ष देखि स्थापना गरिएको छ । यस वन क्षेत्र जिल्ला वन कार्यालय, सर्लाहीबाट २ किलोमिटर पूर्व तथा फूलजोर र्इलाका वन कार्यालय हातासित जोडिएको छ । यातायातको सर्वसुलभताले गर्दा यस वन क्षेत्रको भ्रमण तथा उपभोक्ताहरु सित छलफल जुनसुकै समय र दिनमा गर्न सकिन्छ । नजिकै लालवन्दी बजार हुनाले भ्रमणमा आउने अतिथि महानुभावहरुलार्इ खान-बस्न र यातायातको कुनै कठिनार्इ हुँदैन । समूहको आर्थिक अवस्था सुदृढ गर्ने मनसायले साधारण सभाको निर्णय बमोजिम प्रति समूह रु.२००।- प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ । यो शुल्क आर्थिक अवस्था कमजोर भएका समूहहरु र विधार्थीहरुलार्इ भने अनिवार्य गरिएको छैन ।

२. यस सामुदायिक वनबाट हाल सम्म गरेका उल्लेखनीय कार्यहरु:
२.१ गरीवी न्यूनीकरण कार्यक्रम
२.१.१ वाख्रापालन कार्यक्रम
२.१.२ जडिवुटी तथा घाँस रोपण कार्यक्रम
२.१.३ आर्थिक सहायता
२.२ वन विकास
२.२.१ नर्सरी स्थापना
२.२.२ "कदम"को विउ बगैचा स्थापना
२.२.३ जडीवुटीको विउ तथा विरुवाको विक्रि वितरण
२.३ सामाजिक तथा संस्थागत सहयोग
२.३.१ शैक्षिक संस्थाहरुलार्इ सहयोग
२.३.२ कार्यालय भवन निर्माण

लेखक: राजेन्द्र के सी
(के सी हाल Institute of Forest Genetics and Forest Tree Breeding Georg August University Goettingen, Germany मा Ph. D. गर्दैछन् । उनले जिल्ला वन अधिकृत भएर केही वर्ष काम गरिसकेकाछन् ।)
 
विस्तृत रिपोर्ट यहाँ बाट डाउनलोड गरेर पढ्नसक्नुहुनेछ । रिपोर्ट .doc फर्म्याटमा रहेको छ ।

 
^