Loading...

चिसोले जनजीवन प्रभावित

जनकपुर- करिब एक साताको शीतलहर तथा पश्चिमी हावाको कारण अस्त व्यस्त यस क्षेत्रमा मंगलबार सूर्य उदाएको छ । सूर्य उदयसँगै तापक्रम बढेको छ भने जनजीवन सामान्य भएको छ । शीतलहर र बाक्लो हुस्सुको कारण हवाई सेवा दुई दिनसम्म बन्द गर्नु परेको थियो भन्ने अत्यधिक जाडोको कारण बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका थिए ।
जाडोबाट जोगिन नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले सोमबार जनकपुरको चोकमा धुनी लगाउनका लागि दाउरा वितरण गरेको थियो । दुई दिनदेखि बन्द रहेको जनकपुर हवाई अडडा पनि खुलेको छ । मंगलबार काठमाडौं जनकपुर नियमित उडान भर्ने तीनवटै हवाई सेवा सञ्चालित भएको छ । सोमबार अपराह्नको दुई सेवा सञ्चालित भए पनि कुहिराका कारण बिहानको सेवा अवरुद्ध गर्नुपरेको थियो । गत शनिबार र आइतबार हवाई सेवा ठप्प भएको थियो ।


--
kantipur

Comments :

0 comments to “चिसोले जनजीवन प्रभावित”

Post a Comment

 
^