Loading...

ट्याक्टर दुर्घटनामा थुप्रै महिला घाइते

पुस २५- ट्याक्टर दुर्घटनामा परी सप्तरीमा एक दर्जन महिला घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। 


सप्तरीको कोइलाडी बर्साइनबाट छिमेकी गाउँमा भोजमा सहभागी हुन २० जना महिलालाई लिएर जाँदै गरेको स.१ त. १३५८ नम्बरको ट्र्याक्टर राजविराज–हनुमाननगर सडकखण्डको मंसापुर नजिकै पल्टिँदा दुर्घटना भएको हो।

ट्र्याक्टरको धुरी भाँचिएर ट्रेलर पल्टिँदा भएको उक्त दुर्घटनामा कोइलाडी बर्साइन गाविस– ७ बस्ने बच्चादेवी साह, द्रोपदी राय, अहिल्यादेवी दास र लक्ष्मिनिया देवी पैकरा गम्भीर घाइते भएका छन्। उनीहरुलाई स्थानीय सगरमाथा अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरान पठाइएको अस्पताललाई उदृत गर्दै राससले जनाएको छ।

Comments :

0 comments to “ट्याक्टर दुर्घटनामा थुप्रै महिला घाइते”

Post a Comment

 
^