बारा -कास)- आस्थाका आधारमा दिइएको पेश्की सार्वजनिक गर्नुपर्ने लगायत सात सूत्रीय माग राखी जिल्ला स्वास्थ्य कार्यालय, बारामा कार्यरत ट्रेड युनियनसँग आबद्ध स्वास्थ्यकर्मीले गरेको आन्दोलन आइतबार स्थगित भएको छ ।
आन्दोलनरत स्वास्थ्यकर्मी र जिल्ला स्वास्थ्य कार्यालय बाराबीच आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा भएको वार्तामा तीन साताभित्र माग पूरा गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । वार्तामा नेपाल स्वास्थ्यकर्मी युनियन बारा तथा नारायणी संयोजक एवं केन्द्रीय सदस्य अनिल पाण्डेय, नेपाल राष्ट्रिय कर्मचारी संगठन बाराका अध्यक्ष रामबाबु कुशवाहा, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्वास्थ्य विभागका बारा संयोजक शिवनारायण कुशवाहा, नेपाल स्वास्थ्यकर्मी युनियनका वरिष्ठ सल्लाहकार सुरेश मोदक, बारा उपाध्यक्ष रम्भा देवी साह र जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख डा. सुरेन्द्र चौधरी, नासु निरज थापा लगायतको उपस्थिति थियो ।
फेसबुक ‘लाइक’ का कुरा [Meaning of Facebook Like] #SocialMedia
-
प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि
लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि
लाइक ...







Comments :
Post a Comment