Loading...

मधेसका मुद्धा पुरा नभए आन्दोलन गर्ने : तमलोपा

 सत्तारुढ दल तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ। उसले संविधानसभाबाट मधेशका मुद्दा संवोधन हुने संभावना नदेखिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।तमलोपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले पर्याप्त काम गर्न नसकेको बताए। तमलोपाले २०६३ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सम्झौता पुरा गर्न सरकारसँग माग समेत गरेको छ। तमलोपाले संविधान लेखन र सेना समायोजनलाई बेवास्ता गरी सत्ता लिप्सामा लागेका मुख्य ३ दलका क्रियाकलापले निर्धारित समयमा संविधान जारी नहुने संभावना बढेको आरोप समेत लगाएको छ।

--

Comments :

0 comments to “मधेसका मुद्धा पुरा नभए आन्दोलन गर्ने : तमलोपा”

Post a Comment

 
^