रौतहट, २०६६ माघ ३ -
विद्यालय जाँदा किताब कापी बोक्नु अनिवार्य हुन्छ । तर यहाँको एक दलित विद्यालयमा किताब कापीसहित घरबाट विद्यालय आउँदा बोरा अनिवार्य ल्याउनुपर्छ । किताब कापीसँगै विद्यालयले साना बालबालिकालाई विद्यालय आउँदा बोरा ल्याउन उर्दी नै जारी गरेको छ ।
तराईमा लामो समयदेखि बढेको शीतलरका कारण भुइँमा बसेर पठन पाठन गर्दा चिसो लाग्ने हुनाले जिल्लाको सिम्राभवानीपुर ४ मा रहेको दलित उत्थान प्राविका बालबालिकालाई चिसोबाट बच्न विद्यालयले बोरा बोकेर आउन अनिवार्य गरेको हो ।
'विद्यालयमा पठन पाठनका लागि बस्न बेन्चको व्यवस्था नभएकाले बालबालिकालाई चिसोबाट जोगाउन घरबाटै बोरा ल्याउन उर्दी जारी गरेका हौं' व्यवस्थापन समितिका अध्यक्ष महादेव पासवानले भने ।
तीन वर्षअघि सञ्चालनमा आएको दलित विद्यालयले भर्खरै मात्र शिक्षा कार्यालय गौरबाट स्विकृति पाएको छ । सिसु र कक्षा १ सम्म सञ्चालनमा रहेको दलित प्राविमा १ सय ३० बालबालिकाहरू अध्ययनरत छन् । तीमध्ये १ सयभन्दा बढी दलित बालबालिका रहेका छन् ।
विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाले घरबाटै बस्नका लागि बोरा बोकेर ल्याउने गरेका छन् । विद्यालयमा एक दुई थान मात्र बेन्च भएकाले अन्य विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य हँुदै आएको छ । आर्थिक स्रोत नभएकाले डेक्स र बेञ्च बनाउन नसकेको प्रधानाध्यापक सुनिता आचार्यले बताइन् ।
प्रअ आचार्यसँगै शिक्षिका मनिता चौधरीले एक वर्षदेखि निःशुल्क पढाइरहेकी छन् । विद्यालयलाई शिक्षा कार्यालयबाट एउटा पनि दरबन्दी प्राप्त भएको छैन । विद्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी दुखा चौधरीले २ कठ्ठा जनिम दान गरेका छन् । पासवान, राम, माझीलगायतका दलित परिवारका बालबालिकाका अलवा जनजातिका बालबालिकासमेत विद्यालयमा पढ्न जाने गरेका छन् ।
गाविसले उक्त विद्यालय सञ्चालनका वेलामा ३० हजार आर्थिक सहयोग गरेको थियो ।
फेसबुक ‘लाइक’ का कुरा [Meaning of Facebook Like] #SocialMedia
-
प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि
लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि
लाइक ...







Comments :
Post a Comment