Loading...

पत्रकार सम्मानित

सर्लाही -कास)- प्रेस चौतारीले चौथो जिल्ला अधिवेशन अवसरमा शनिबार कान्तिपुर दैनिकका संवाददातासहित तीन जनालाई सम्मान गरेको छ । लामो समयदेखि निष्पक्ष पत्रकारिता गरेको भन्दै कान्तिपुर संवाददाता अमन कोइराला र नवपरिचर्चा साप्ताहिकका सम्पादक चूडामणि वाग्लेलाई सम्मान गरिएको हो । त्यसैगरी इन्सेक जिल्ला प्रतिनिधि बिदुरकुमार प्याकुरेललाई पनि मानव अधिकार क्षेत्रमा सफलतापूर्वक काम गरेकोमा सम्मान गरिएको थियो । 

माओवादीको सशस्त्र आन्दोलन, दोस्रो जनआन्दोनल र मधेस आन्दोलन अवधिमा जिल्लामा रहेर निष्पक्ष पत्रकारिता गर्ने पत्रकार र मानव अधिकारकर्मीलाई सम्मान गरिएको चौतारीका नवनिर्वाचित अध्यक्ष इन्द्र न्यौपानेले बताए । 

--
kantipur

Comments :

0 comments to “पत्रकार सम्मानित”

Post a Comment

 
^