सर्लाही, जेष्ठ १७ - एउटा म्यागेजीन र चार राउण्ड गोली सहित सशस्त्र
प्रहरीले सर्लाहीको औरहीबाट आइतबार राति भारतीय जीपमा यात्रा गरिरहेका १०
जनालाई पक्राउ गरेको छ ।
औरहीबाट पडरीया गाबिसतर्फ जान थालेको अबस्थामा राति ३ बजे विआर ०६ पी
७००९ नम्बरको भारतीय जिपमा जाँच गर्दा पेस्तोलको म्यागेजीन र चार राउण्ड
गोली फेला परेको सशस्त्र प्रहरी उपरीक्ष्ाक चन्द्रप्रकाश गौतमले जानकारी
दिए । चालकको सिट मुनि राखेको अबस्थामा गोली र म्यागेजीन बरामद भएको
थियो । जीप र त्यसमा सवार चालक सहित १० जनालाई सशस्त्र प्रहरीले
नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैले बरामद सामान आफ्नो नभएको
बताएका छन् । गोली र म्यागेजीन बरादम भएपनि पेस्तोल भने जीपमा फेला
नपरेको सशस्त्रले जनायो ।
उनीहरु विवाहको कार्यक्रममा सहभागी भएर घर र्फकन थालेको र हतियार बारे
केहि थाहा नभएको बयान दिएका छन् । पक्राउ पर्नेमा चालक देवानी राय भारतीय
हुन भने अन्य सबैको घर पडरीया गाविसमा छ ।
बरामद गोली र पक्राउ परेका सबैलाई अनुसन्धानका लागि नेपाल प्रहरीलाई
बुझाउने सशस्त्रले जनाएको छ ।







Comments :
Post a Comment