निजगढ , जेष्ठ २२ - घरायसी विवादको विषयलाई लिएर सशस्त्र प्रहरीका एक जवानसहित उनका सहयोगीले चुरे भावर एकता पार्टीका केन्द्रीय सदस्य चुन्नुलाल श्रेष्ठमाथि शनिबार आक्रमण गरेका छन् । आक्रमणमा श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालयसँगै रहेको निजगढको सहिद चौकमा श्रेष्ठ घुमफिर गरी रहँदा उनीमाथि आक्रमण भएको हो । निजगढ ७ निवासी ३५ वर्षिय श्रेष्ठमाथि पर्साको सुवर्णपुरस्थित सशस्त्र प्रहरी वेसक्याम्पका जवान कमल लामासहित उनका केही सहयोगीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले पुष्टि गर्दै उनीहरुको खोजी भइरहेको बताएका छन् । श्रेष्ठमाथि ढुंगा, फलामको रड र मुक्काले १० जना युवाहरुले आक्रमण गरेको प्रत्यक्षदर्शी किरण लामाले बताए । प्रहरी जवान कमल निजगढ निवासी हुन् । उनी बिदामा घर आएका थिए । श्रेष्ठको उपचार स्थानिय क्लिनिकमा हुन नसकी थप उपचारका लागि बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । श्रेष्ठको टाउको, नाक , मुख , हात र खुट्टामा चोट लागेको छ । मुखमा ६ वटा टाँका लागेर अनुहार सुनिएको छ । श्रेष्ठ संविधान सभाको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनाव लडेका थिए । दुई दिन अगाडि कमलका भाइ निर्मल लामा पक्ष र श्यामु लामाबीच बिवाद भएको थियो । दुवै पक्षको विवादलाई श्रेष्ठले मिलाएका थिए । मिलापत्र गराउन सहयोग गरेको भन्दै कमलले आक्रमण गरेको घाइते श्रेष्ठले बताए ।
http://www.ekantipur.com/np/2067/2/22/full-news/312657/
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment