Loading...

समाचार वाचिकाको आत्महत्यापछि रेडियो बन्द

सर्लाही, श्रावण २ -
एक कर्मचारीको आत्महत्यापछि सामुदायिक रेडियो सर्लाहीको शनिबार रातिदेखि प्रसारण बन्द भएको छ । हरिऔनस्थित रेडियोमा कार्यरत समाचार वाचिका उषा दाहालले शनिबार अपराह्न कार्यालय परिसरमै आत्महत्या गरेपछि भएको ढुंगामुढाका कारण रेडियोको प्रसारण बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय हरिऔनका निरीक्षक कृष्णप्रसाद शर्माले रेडियो स्टुडियो रहेको घरको तेस्रो तलाको निर्माणाधीन कोठामा विष खाएर आत्महत्या गरेकी सञ्चारकर्मी दाहालको शव घोप्टो परेको अवस्थामा भेटिएको बताए ।

शव फेला परेको ठाउँमा विषादीको सिसी र दुई पृष्ठको 'सुसाइड नोट' फेला परेको शर्माले जानकारी दिए । सुसाइड नोटमा 'आत्महत्या गर्नुमा कसैको दोष नरहेको' लेखिएको प्रहरीले जनायो ।

प्रहरीले रेडियोमा कार्यरत सबै कर्मचारीलाई सोधपुछ गरी घटनाको अनुसन्धान गरिरहेको छ । आत्महत्या भएपछि आक्रोशित भीडले रेडियोमा तोडफोड गरेको र अनुसन्धानका लागि घटनास्थल सिल गरिएका कारण रेडियोको प्रसारण बन्द भएको हो ।

मृतकका आफन्तले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरूले आत्महत्या नभई हत्या भएको हुन सक्ने शंका व्यक्त गरेका छन् । आइतबार दाहालको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको छ ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=221555

Comments :

0 comments to “समाचार वाचिकाको आत्महत्यापछि रेडियो बन्द”

Post a Comment

 
^