Loading...

एक बर्षपछि फुटेको चुरेभावर मिल्यो

काठमाडौं, भाद्र १३ - एक बर्ष अघि बिभाजीत भएको चुरेभावर राष्ट्रिय एकता पार्टी आइतबार पुनः एकीकरण भएको छ । विभाजनपछि अलग अलग खेमामा रहेको चुरेभावरका नेता-कार्यकर्ताले एउटै पार्टी बनाएका छन् ।

२०६६ साल जेष्ठ महिनमा अलग अलग माहाधिवेशन गरेर विभाजित दुवै चुरेभावरले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । अध्यक्ष हिमालय भक्त प्रधानाङ्ग र कार्यबहाक अध्यक्ष शिवप्रसाद तामाङ रहेको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल वीच पछिल्लो पटक साउन २२ गते भएको सहमति अनुसार एकीकरण भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

एकीकृत चुरेभावरले पार्टी विधान र संविधान सभाको म्याण्डेट विपरीत गएको भन्दै अध्यक्ष केशव मैनालीलाई पार्टीबाट निष्काशन गरेको छ । मैनालीलाई सभासद् पदबाट हटाउन निर्वाचन आयोग र संविधान सभा सचिवालयलाई दिएको निवेदनमा हिमालयभक्त प्रधानाङग अध्यक्ष रहेको पार्टीलाई मान्यता दिएको थियो । यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

 http://www.ekantipur.com/np/2067/5/13/full-news/317041/

Comments :

0 comments to “एक बर्षपछि फुटेको चुरेभावर मिल्यो”

Post a Comment

 
^