सर्लाही, भाद्र १८ - सर्लाहीको ब्यापारीक केन्द्र बरहथवाका ब्यापारी शम्भु दासको बिहीबार साँझ भएको हत्याको बिरोधमा शुक्रबार स्थानीय ब्यापारीले बजार बन्द गरेका छन् । बरहथवा गाबिस-७ का ४० बषिर्य दासलाई हिजो साँझ पसल बन्द गरि पैदल घर र्फकदैं गर्दा बाटोमै अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उनमाथी हानीएको ५ वटै गोली शरिरको वारपार भएको थियो । शरिर नजिकै टाँसेर ५ गोली हान्नुले उनलाई मार्ने सुनियोजित षड्यन्त्र अनुसार नै काम भएको प्रहरीको अनुमान छ । आज पोष्टमार्टम गरि परिवारले लाश बुझेर सद्गतका लागि लगेका छन् । बरहथवामा लाश पुगेपछि स्थानीय ब्यापारीले हत्याको बिरोधमा प्रदर्शन गरेका थिए । ४८ घण्टाभित्र दोषि पक्राउ नपरे आन्दोलनमा उत्रने ब्यापारीले चेतावनी दिएका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालले शान्ति सुरक्षामा प्रहरी उदासिनताका कारण अशान्ति बढेको प्रतिकृया दिनुभयो । घट्नापछि रातभरी हत्यारा पक्राउ गर्न खटिएको प्रहरीले ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्ष्ाक पूर्णचन्द्र जोशीले पक्राउ परेकालाई सोधपुछ जारी राखीएको र हत्यारा पक्राउ गर्न सम्पूर्ण शक्तिसहित प्रहरी परिचालन भएको बताउनु भयो । यसैबिच नेपाली काँग्रेसले ब्यापारी हत्याको बिरोध गर्दै हत्यारालाई तत्काल कारबाही गर्न माग गरेको छ । काँग्रेसका जिल्ला सभापति लक्ष्मण रायले आज प्रेस बिज्ञप्ती जारी गरि हत्याको भत्र्सना गर्दै दोषिमाथी कारबाहीको माग गरेका हुन् । जिल्ला सुरक्षा समितिको पनि आज अपरान्ह बसेको बैठकले शान्ति सुरक्षा कायम गर्न थप प्रभाबकारी ढंगले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको सुरक्षा अधिकारीले बताएका छन् ।
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment