सर्लाही, आश्विन १२ - नक्कली १० हजार भारतीय रुपैयाँसहित प्रहरीले मंगलबार गोडैता गाबिस ७ का छठु राउत कुर्मीलाई पक्राउ गरेको छ । उनको साथबाट ५ सय दरका २० वटा नक्कली नोट बरामद भएको प्रहरी नायब उपरीक्षक युवनारायण बैद्यले बताए । पक्राउ परेका कुर्मी गोडैतामा मोटरसाइकल मिस्त्रीको काम गर्छन् । प्रहरीले केही दिन अघि शंकाको आधारमा भारतीय नोट बरामद गरी बिधि बिज्ञान प्रयोगशाला काठमाडौंमा परिक्षणका लागि पठाएको थियो । 'प्रयोगशालाको परिक्षणबाट जाली नोट भएको पुष्टि भएको जानकारी मंगलबार आयो,' बैद्यले भने, 'लगत्तै छानबिनका लागि दोषिलाई पक्राउ गरेका छौं ।' जिल्ला प्रहरी कार्यालयमा नक्कली ठहर भएका नोट हेरेपछि मलंगवाका ब्यापारी सदरे आलम अंसारीले सामान्य आँखाले नक्कली छुट्याउन नसकिने बताए । उनले यस्ता नक्कली नोटको प्रबेश ब्यापारीका लागि चुनौती भएको प्रतिक्रिया दिए । 'यसरी त ब्यापारी फस्छन,' उनले भने, 'हेर्दा नक्कली नोट हो भन्न सकिने आधार देखिन्न, परिक्षण गर्ने कुनै यन्त्र छैन ।' उनले यस्ता नक्कली नोटको बिगबिगी हटाउन प्रहरी प्रशासन सक्रिय हुनुपर्ने अन्यथा सर्बसाधारण फस्न सक्ने तर्फ ध्यानाकर्षण गराए । पानी मार्क, सुरक्षा धागो, कागजको गुणस्तर र छपाई गुणस्तर परिक्षण गरी प्रयोगशालाले २० वटै भारतीय ५ सय दरका नोट नक्कली भएको बिवरण पठाएको छ । प्रहरीले पनि बरामद लगत्तै उक्त नोट सक्कली नै हुन सक्ने भन्दै प्रयोगशालामा परिक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट नक्कली भएको प्रमाणित भएपछि मात्र प्रहरीले घट्ना सार्वजनिक गरेको हो । सिमा क्षेत्रमा दशैंको बेला नक्कली भारतीय नोट फेला पर्नु चिन्ता जनक भएको व्यवसायीले बताएका छन् । भारतका बजारमा किनमेल बढ्ने बेलामा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ । 'चाडबाडमा बिक्रि बढेको बेला ब्यापारीले गम्भीरता पूर्वक नोट परिक्षण नगर्ने भएकाले मौका छोपेर नक्कली नोट कारोबार गर्नै गिरोह सक्रिय भएको हुन सक्छ,' मलंगवाका एक व्यापारीले भने, 'गोडैता जस्तो सानो बजारका मोटरसाइकल मिस्त्रीको साथबाट १० हजार नक्कली भारतीय रुपैयाँ भेटिनु सानो कुरा हैन् ।' प्रहरी नायव उपरीक्षक बैद्यले नक्कली नोटको कारोबार रोक्न र त्यस्ता गिरोह पक्राउ गर्न प्रहरी सक्रियता बढाइने बताए ।
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment