सर्लाही, मंसिर ९ - पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डम पर्ने नवलपुरमा बिहीबार बिहान बिपरीत दिसावाट आएका दुई मोटरसाइकल आपसमा ठोक्कींदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । बा.३८.प २८९६ नम्बरको मोटरसाइकल र बा.४१.प ८३ नम्बरको मोटरसाइकल बिहान साढे ४ बजे नवलपुर र लालबन्दीको बीचमा आपसमा ठोक्कीएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परि काठमाडौं घर भएका २४ वर्षीय मनिष सुनवारको मृत्यु भएको प्रहरी निरीक्षक नरेश सुबेदीले बताए । रामेछापका दशेनाथ शेर्पा र हरिऔन गाबिस-६ का अनुप रायमाझी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैलाई उपचारार्थ भरतपुर अस्पताल लगिएको छ ।
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment