सर्लाही, मंसिर १८ - हरकठवा इलाका प्रहरी कार्यालयबाट गस्तीमा निस्केका दुई प्रहरीलाई हतियारधारी एक समूहले आक्रमण गरी हतियार खोसेको छ । आक्रमणकारीको कुटपिटबाट एक प्रहरी गम्भीर घाइते भएका छन् । इलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्ष्ाक -सई) लवजंग चौहान र प्रहरी हवल्दार भागीलाल चौधरीलाई शुक्रबार राति ८ बजे हतियार बोेकेका २०/२५ जनाको समूहले भवानीपुर तर्फ जाँदा बाटोमापर्ने मन्दिर नजिक आक्रमण गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका हवल्दार चौधरीको टाउकोमा २० टाँका लागेको छ । चौधरीलाई मराणसन्न हुनेगरी कुटपिट गरेपछि मरेको ठानेर आक्रमणकारीले छाडेका थिए । बेहोस अबस्थामा उनलाई पछि आएको मद्दत टोलीले उद्धार गरि उपचारार्थ जिल्ला अस्पताल मलंगवा लगेको थियो । अस्पतालमा उपचाररत चौधरीले कुटपिटका बेला लगाएको कपडा रगताम्मे छ । लुटेराले प्रहरीको एक थान चाइनीज पेस्तोल र ६ राउण्ड गोली लुटेका छन् । सई चौहान भने पेस्तोल लुटिएपछि भागेका थिए । गस्तीमा निस्केका उनीहरु मध्ये एकजनाले मात्र प्रहरीको पोषाक लगाएको एक प्रहरी अधिकारीले बताए । रातको समयमा बाटोछेउमा हुल बाँधेर बसेका मान्छे देखेर मोटरसाइकल रोकी सोध्दा उल्टै प्रहरी माथि आक्रमण भएको थियो । उनीहरुलाई धकेलेर मोटरसाइकल समेत लडाएपछि उक्त समूहले प्रहरीलाई कुटपिट गरी हतियार खोसेको हो । घाइते चौधरीले प्रतिकारका क्रममा सुरुमै खोसेको आक्रमणकारीको एउटा नलकटुवा पेस्तोल प्रहरीले घट्नास्थलबाट बरामद गरेको छ । कुटपिटको प्रतिकार गर्ने क्रममा चौधरीले हतियार खोसेका थिए । आक्रमणपछि भाग्ने क्रममा उक्त नलकटुवा घट्नास्थलमै छुटेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयले शनिबार अबेर सम्म घट्नाको औपचारीक पुष्टि गरेको छैन् । एक प्रहरी अधिकारीले नाम नखोल्ने शर्तमा घट्नाको पुष्टि गर्दै आक्रमण गर्ने ब्यक्ति वा समुहको पहिचानका लागि प्रयास जारी रहेको बताए । आक्रमणकारीको खोजीका लागि रातीदेखिनै ब्यापक प्रहरी परिचालन गरिएको छ । प्रतिकार गर्ने क्रममा प्रहरीले पनि एक राउण्ड फायर गरेको स्रोतले बतायो । घट्नास्थलबाट आक्रमणकारीले प्रयोग गरेको मोवाइलपनि भोटिएको एक प्रहरीले जानकारी दिए ।
Highway’s Song ‘Paplu’ Released Online [Music Video]
-
The most awaited Nepali Movie ‘Highway’ which is set to release on 20th
July 2012 (साउन ५, २०६९) has released its song 'Laija Re Laija Re’ (Paplu)
online. ...







Comments :
Post a Comment