Loading...

सिराहाका ५३ वटा सिमा स्तम्भ गायब

मिथिलेश यादव, सिराहा, माघ १२- भारतसँग सिमा जोडिएका सिराहाको ५३ वटा सिमा स्तम्भ गायब भएको तथ्य सार्वजनिक भएको छ। यहाँ रहेको कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायब भएको हो। सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय, सिराहाको तथ्यांक अनुसार कुल २ सय ८१ सिमा स्तम्भ मध्ये ५३ वटा सिमा स्तम्भ गायव भएको छ भने ८५ वटा सिमा स्तम्भ मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ९ वटा सिमा स्तम्भ भत्किएको अवस्थामा रहेको सिमा सुरक्षा बलका प्रमुख रबिन्द्र ठाकुरले बताए।


यहाँको दक्षिणी सिमावर्ती क्षेत्र अन्तर्गत पूर्वमा ठाढीदेखि पश्चिममा माडरसम्म ४२ किलोमिटर क्षेत्रफलमा नेपाली सिमा रहेको छ।
यहाँको दशगजा क्षेत्र मिचेर भारतीयहरुको बस्ती बसेको छ भने कष्टम कार्यालय पनि दशगजा क्षेत्र भित्रै रहेको सिमा सुरक्षा कार्यालयले जनाएको छ।माडर गाबिसको इनरवा टोलमा भारतीय पक्षबाट दशगजा अतिक्रमण गरी टहरा निर्माण गरी भारतीयहरुको बसोवास भैरहेको छ।
माडरको लचका टोल नजिक दशगजा अतिक्रमण गरि भारतीयहरुले केरा खेती गरिरहेको र लगडीगोठ नजिकको सम्पुर्ण दशगजा क्षेत्र अतिक्रमण गरीएको छ भने लगडीगदीयानी देखि सन्हैठा सम्मको दशगजा क्षेत्र पनि पूरै अतिक्रमण गरी भारतीयहरुले खेती गरिरहेको कायालयले जनाएको छ।
यसैगरी पूर्वमा आभेनगरदेखि ठाढीसम्मको दशगजा क्षेत्रभित्र भारतीयहरुले फुसको घर बनाएर बस्ती बसाएको छ भने ठाढीकै दशगजा क्षेत्र भित्र भारतीय कष्टम कार्यालय रहेको छ।
ठाढीका स्थानीय बुद्धिजीवी कन्हैयालाल भट्टका अनुसार भारतले दशगजामा कष्टम कार्यालय राखेको वर्षौ भैसक्यो तर, कुनै निकायले यसप्रति चासो ब्यक्त गरेन। पहिला कष्टम कार्यालय राखे अनि बिरोध नभएपछि बिस्तारै पुरै दशगजामा बस्ती नै बसाउन लगाए, उनले भने।
दशगजा क्षेत्र अतिक्रमण र सिमा स्तम्भ गायव भएको विषयमा भारतीय सुरक्षा अधिकारीसँगको छलफलमा उनीहरु उदासिन पाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुरले बताए।
सिमा स्तम्भ नै गायब भएपछि यस क्षेत्रमा भारतीयहरुको बसोवास बढ्न थालेको छ।लगडीगोठमा सिमास्तम्भ गायब भएपछि ३५ घर भारतीय परिवारले नेपाली भूभागमा बसोवास थालेको छ। बरियारपटी नजिक रहेको २५३ नम्बरको सिमास्तम्भ ७ मिटर नेपाली भूमितर्फ सारिएको छ।

Nine held with arms in Sarlahi

SARLAHI, Jan 25: Police arrested nine persons along with arms from two different parts of Sarlahi on Sunday night.

According to the District Police Office (DPO), five persons were nabbed while they were asking Dhirendra Yadav of Manpur- 3 for money at gunpoint. They are Surendra Mahato (19) of Manpur-3, Sunil Kumar Yadav (20) of Shreepur-1, Madhukant Chaudhary (18) of Shreepur-7, Surendra Yadav (19) of Shreepur-4 and Pankaj Kumar Das (18) of Barhathawa-5. A patrol team from the office nabbed them from Harkatawa. One home-made pistol and four rounds of bullet were seized from them.

Similarly, police arrested Nabin Kumar Paswan, Ramji Yadav and Sunil Yadav of Hajariya- 9 and Ram Prabesh Yadav of Sundarpur on the charge of kidnapping a 13-year-old boy and demanding ransom to the family for his release. According to Inspector Lal Babu Yadav, they were caught in possession of two home-made pistols and four rounds of bullet.

However, the police freed the abducted child from Chuhadawa, as he was kept inside a house. It is said security in the district has been tightened following the rising criminal activities for the past few days. 

--

ट्रकको ठक्करबाट बालक को मृत्यु

सर्लाही, २०६६ माघ ९ - 
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने मिलन चोकमा शनिबार अपरान्ह मालबाहक ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 
उखु बोकेर सर्लाहीबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ४०८ नम्बरको ट्रकले बस चढ्न सड्क किनारमा बसेका महोत्तरीका ५ बषिर्य बालक प्रयास अधिकारीलाई ठक्कर दिएको थियो । उपचारार्थ हरिऔनस्थित नमुना अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक नरेश सुबेदीले बताए । 

मावलीबाट आमासंगै घर फर्कन बस कुर्ने क्रममा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको सुबेदीले बताए ।


--

Chure Bhawar demands autonomous state

KATHMANDU, Jan 23: Chure Bhawar National Unity Party Nepal has objected to the decision of Constituent Assembly (CA) Committee on State Restructuring and Distribution of State Powers to carve out 14 provinces in the federal setup of the country.

It has accused the CA committee of preparing the federal model by violating the nine-point agreement reached between the erstwhile government and the party in August 2007.

Issuing a statement on Saturday, the party that is represented by a single member in the CA has demanded ´Chure Bhawar Autonomous Province´ covering 36 districts in the region. 

--
REPUBLICA

सागरनाथका हजारौं रूख कटान

अमन कोइराला


सर्लाही, २०६६ माघ ४ - 
सागरनाथ वन विकास परियोजनाअन्तर्गत मूर्तिया रेन्ज युनिटको घुर्काैली जंगलमा स्थानीयवासीको एक समूह प्रवेश गरी करिब १५ सय मसला जातका रूख काटेको छ । अवैध रूपमा काटिएका रूख सोमबार बिहानसम्म ओसारिएको थियो ।

चोरी कटानीका लागि नाम कमाएको परियोजनाको वन क्षेत्रमा ४/५ सयको संख्यामा प्रवेश गरेका स्थानीयवासीले जथाभावी रूख काटेको जिल्ला वन अधिकृत शेखर यादवले बताए । 'करिब १५ सय रूख कटान भएको छ,' यादवले भने, 'मसलाको प्लटमा पसेर सरपट कटान गरेको देखियो ।'

तीन दिनदेखि कटान भए पनि परियोजना कर्मचारीले जानकारी नदिएका कारण आइतबार साँझ थाहा पाएर घटनास्थल पुगेको यादवले बताए । साँझ पुगेको वन अधिकृतसहित टोलीले २५ साइकल र एउटा बिनानम्बरको ट्याक्टर बरामद गरेको छ । परियोजनाको ट्रकमा हालेर ल्याएको साइकल उनीहरूले हूलहुज्जत गरेर खोसेका छन् । यादवले ट्याक्टरमात्र बरामद गर्न सकेको जनाए । 

रूख काटनेले परियोजनाको ट्रकमा ढुंगामुडा गरेर सिसा फुटाइदिएका छन् । चालकले पनि सामान्य कुटाइ खाएका यादवले बताए । रूख काटने समूहले बरामद सबै साइकल कब्जा गरेपछि ट्रक छाडिदिएका थिए ।

'परियोजनाको ठूलो लापरबाही देखिन्छ,' यादवले भने, 'वन जोगाउन नसक्ने भए मदत माग्न बारम्बार भनेको छु कसैले पनि सूचनासम्म दिएका छैनन् ।' वन अधिकृत पुग्दा पनि भीडले रूख काटन नछाडेपछि सशस्त्र वन रक्षकले केही राउन्ड फायर गरेर भीड तितरबितर पारेको थियो । 

भीड भागेपछि काटिएका रूख ओसार्न ल्याएका ट्याक्टर र साइकल बरामद गरिएको हो । टुना ओसार्न नसकून् भनेर जंगलमा ल्याइएका दर्जनौं गोरुगाडाको टायरमा प्वाल पारिदिएको यादवले बताए । उनले भने, 'हतारमा थोरै जनशक्ति लिएर गएकाले मान्छे पक्राउ गर्न सकेनौं ।' स्थानीय बासिन्दाले भने परियोजनाका रूख कर्मचारीको मिलेमतोमा अवैध कटान गरेर तस्करीमार्फत भारत लैजाने क्रम बढेपछि आफूहरूले नै काटेको दाबी गरे । रूख काटिएको आसपास क्षेत्रमा सोमबार बिहानसम्म टुना ओसार्ने क्रम जारी छ । राति वन कर्मचारीले रोकथाम गरेपछि बिहानसम्म प्रहरी र परियोजना कर्मचारी घटनास्थलमा नपुग्दा बिहानभरि साइकलमा काठ ओसार्नेको भीड जंगलमा थियो । 

वनले परियोजनालाई राति नै बाँकी टुना ओसार्न भने पनि बिहानसम्म अलपत्र भएपछि स्थानीयले नै घरमा थन्क्याएका छन् । एक महिनाअघि पनि घुर्काैलीदेखि करिब १ किलोमिटर पश्चिमको परियोजना क्षेत्रकै हजारौं टिकका रूख स्थानीयवासीले सरपट कटान गरेका थिए । 

परियोजनाको जंगल अवैध कटान गर्नकै लागि हो भन्ने मान्यता स्थापित भएकाले रोकथाम गर्न कठिन भएको वन कर्मचारी बताउँछन् । 'भूमाफियाले पनि कटान गरेको हुन सक्छ,' यादवले भने, 'रूख काटेर बस्ती बसाउने उद्देश्य देखिन्छ ।' 

परियोजनाका कर्मचारी भने कटानपछि सम्पर्कमा छैनन् । 

निहत्था चौकिदारमात्र रहेको परियोजनाले रूख जोगाउन नसक्दा मूर्तिया रेन्ज युनिटका वृक्षरोपण क्षेत्र सखाप भइसकेको छ । रूख नभएका जमिनमा सुकुम्बासी बसोबास गनर्ुका साथै खेती पनि गरिरहेका छन् ।

हरिया रूख सुक्दै

निजगढ -कास)- बाढीसँगै पसेको भंगालोका कारण चारकोसे झाडीका लाखौं मूल्यका रूख सुक्न थालेका छन् । पसाहा खोलामा तटबन्ध निर्माण हुन नसक्दा बाढीसँगै जंगलमा भंगालो पस्ने गरेकाले हिउँदमा रूख सुक्न थालेका हुन् । सुक्ने क्रम चार वर्षदेखि रोकिएको छैन ।

पसाहा खोला ७ सय मिटर फुटेपछि जंगलमा बाढीसँगै भंगालो पस्ने गरेको छ । क्रसर उद्योगले मापदण्ड विपरीत चुरे क्षेत्रबाट दैनिक ठूलो परिमाणमा बालुवा, ढुंगा र गिट्टी निकालेकाले वषर्ामा भूक्षय हुने गरेको हो । त्यही भूक्षयबाट पसाहा खोला फुटेको प्राविधिक ब्ाताउँछन् । खोला ७ सय मिटर फुटेको छ । खोलाको धार बदलिएर जंगलमा बर्सेनी भंगालो पसेर क्षति पुर्‍याइरहेको छ । 

फुटेको ठाउँमा तटबन्ध निर्माण नगरेपछि चारकोसे जंगलको काँटगाउँ, हरैया, बोधवन, प्रसौना, मधुवन, नयाँबस्ती, सहजनाथलगायत चार सय बिघा क्षेत्रफलमा भंगालो पसेको हो । भंगालोले रूख सुक्न थालेपछि पसाहा खोलामा तटबन्ध निर्माण गर्न दुई वर्षअघि भूसंरक्षण बाराले वनको अनुरोधमा सर्भे गर्दा तटबन्ध निर्माण गर्न ५० लाख लाग्ने योजनासहितको प्रतिवेदन दिएको थियो । त्यसअनुसार बजेट नभएपछि तटबन्ध निर्माण गर्न नसकिएको वनका सहायक अधिकृत विन्देश्वर पटेलले बताए । 

'जति विनाश भए पनि बजेट अभावले यो रोक्न सक्ने स्थिति छैन,' सहायक वन अधिकृत पटेलले भने । सर्वे टोलीमा सहभागी भूसंरक्षणका प्राविधिक राजनारायण साहका अनुसार चुरेमा भूक्ष्य बढेपछि बर्सेनि सयौं बिगाहाका ५० लाखभन्दा बढीको रूखहरू सुकेका छन् ।
-------------------------------------------------------------------------------------------------------

कर्मचारी मिलेमतोमा शिरीष र साल सखाप

पर्सा, २०६६ माघ ४ - 
डेढ सातायता जिल्लाका राष्ट्रिय वन व्यापक विनाश हुँदै गएको छ । स्थानीय सोनवषर्ा ७ र ८ नजिकै चारभैयादेखि दक्षिणको वनका बहुमूल्य शिरीष र सालका काठ दिउँसै तस्करले भारत पुर्‍याइरहेका छन् । 

वन कर्मचारीको प्रत्यक्ष सहभागिता र मिलेमतोमा करोडौं रुपैयाँका साल र शिरीषको काठ चोरी कटानी भइरहेको स्थानीयवासीको आरोप छ । यो वन क्षेत्रमा दिउँसै काठ तस्कर प्रवेश गरी वन मास्दै गरेकोबारे सूचना ज्यानको खतरा मोलेर पनि आफूहरूले जिल्ला वनका जिम्मेवार अधिकृतलाई दिँदा समेत उनीहरू मौन बस्ने, वन तस्करको प्रतिकार गर्न वनरक्षक टोली नपठाएको स्थानीयले बताए । वन कार्यालयले चाहेमा तस्करलाई पक्राउ गर्न सक्ने अवस्था हुँदासमेत त्यसो नगर्ने र रूख काटिएको वन क्षेत्रको निरीक्षण, अनुगमनसम्म गर्न नआउने गरेका छैनन् ।

डेढ सातायता उक्त वन क्षेत्रमा करिब १ हजार ५ सय साल र शिरीषका रूख तस्करले सीमा कटाएका छन् । सोनवषर्ा ९ निवासी बाबुलाल चौधरी दैनिकजसो यस क्षेत्रमा दिउँसै आरा र बन्चरोसहित तस्कर प्रवेश गर्ने, टायर गाडा र ट्याक्टरमा लोड गरेर लग्दासमेत भतौडा रेन्जपोस्टका कर्मचारी आर्थिक लोभमा मौन बस्ने गरेको आरोप लगाउँछन् । उनी भन्छन्, 'म आफैंले कति पटक तस्करले रूख काट्दै छन्, दलबलसहित आउनुपर्‍यो भनेर इलाका वन पोखरीयाका कपिलदेव पटेल तथा जिल्ला वनका जिम्मेवार अधिकृतलाई खबर गर्दा उनीहरूबाट कुनै प्रतिक्रिया पाइन । यसले पुष्टि गर्छ वन विनाश हुनुमा कर्मचारीको मिलेमतो छ ।' यस क्ष्ाेत्रमा वनकै कर्मचारीको संरक्षणमा भइरहेको प"mडानीबाट निस्कने काठको ठूलो हिस्सा भारततिर लगिने र केही वन क्षेत्रमै अवैध रूपमा सञ्चालन भइरहेका समिलमा चिरान गरेर बिक्री हुने गरेको उनको आरोप छ । 

नजिकै रहेको पर्सा वन्यजन्तु आरक्ष वनको सुरक्षा सेनाले गर्ने भएकाले त्यहाँको वन अत्यन्तै घना छ । यहाँ तस्करहरू पस्न हिम्मत गर्न सक्दैनन् तर जोडिएको राष्ट्रिय वनमा जिल्ला वनका वनपाले गस्तीमै नआउने, तस्करलाई वन प्रवेश गर्न छुट दिने, काठ तस्करी भइरहँदा नजराना लिई छाड्नेजस्ता गतिविधि भइरहेको छ ।

--
kantipur

पत्रकार सम्मानित

सर्लाही -कास)- प्रेस चौतारीले चौथो जिल्ला अधिवेशन अवसरमा शनिबार कान्तिपुर दैनिकका संवाददातासहित तीन जनालाई सम्मान गरेको छ । लामो समयदेखि निष्पक्ष पत्रकारिता गरेको भन्दै कान्तिपुर संवाददाता अमन कोइराला र नवपरिचर्चा साप्ताहिकका सम्पादक चूडामणि वाग्लेलाई सम्मान गरिएको हो । त्यसैगरी इन्सेक जिल्ला प्रतिनिधि बिदुरकुमार प्याकुरेललाई पनि मानव अधिकार क्षेत्रमा सफलतापूर्वक काम गरेकोमा सम्मान गरिएको थियो । 

माओवादीको सशस्त्र आन्दोलन, दोस्रो जनआन्दोनल र मधेस आन्दोलन अवधिमा जिल्लामा रहेर निष्पक्ष पत्रकारिता गर्ने पत्रकार र मानव अधिकारकर्मीलाई सम्मान गरिएको चौतारीका नवनिर्वाचित अध्यक्ष इन्द्र न्यौपानेले बताए । 

--
kantipur

स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

बारा -कास)- आस्थाका आधारमा दिइएको पेश्की सार्वजनिक गर्नुपर्ने लगायत सात सूत्रीय माग राखी जिल्ला स्वास्थ्य कार्यालय, बारामा कार्यरत ट्रेड युनियनसँग आबद्ध स्वास्थ्यकर्मीले गरेको आन्दोलन आइतबार स्थगित भएको छ ।

आन्दोलनरत स्वास्थ्यकर्मी र जिल्ला स्वास्थ्य कार्यालय बाराबीच आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा भएको वार्तामा तीन साताभित्र माग पूरा गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो । वार्तामा नेपाल स्वास्थ्यकर्मी युनियन बारा तथा नारायणी संयोजक एवं केन्द्रीय सदस्य अनिल पाण्डेय, नेपाल राष्ट्रिय कर्मचारी संगठन बाराका अध्यक्ष रामबाबु कुशवाहा, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्वास्थ्य विभागका बारा संयोजक शिवनारायण कुशवाहा, नेपाल स्वास्थ्यकर्मी युनियनका वरिष्ठ सल्लाहकार सुरेश मोदक, बारा उपाध्यक्ष रम्भा देवी साह र जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख डा. सुरेन्द्र चौधरी, नासु निरज थापा लगायतको उपस्थिति थियो ।


--
kantipur

बोरा बोकेर विद्यालय

रौतहट, २०६६ माघ ३ - 
विद्यालय जाँदा किताब कापी बोक्नु अनिवार्य हुन्छ । तर यहाँको एक दलित विद्यालयमा किताब कापीसहित घरबाट विद्यालय आउँदा बोरा अनिवार्य ल्याउनुपर्छ । किताब कापीसँगै विद्यालयले साना बालबालिकालाई विद्यालय आउँदा बोरा ल्याउन उर्दी नै जारी गरेको छ । 

तराईमा लामो समयदेखि बढेको शीतलरका कारण भुइँमा बसेर पठन पाठन गर्दा चिसो लाग्ने हुनाले जिल्लाको सिम्राभवानीपुर ४ मा रहेको दलित उत्थान प्राविका बालबालिकालाई चिसोबाट बच्न विद्यालयले बोरा बोकेर आउन अनिवार्य गरेको हो ।

'विद्यालयमा पठन पाठनका लागि बस्न बेन्चको व्यवस्था नभएकाले बालबालिकालाई चिसोबाट जोगाउन घरबाटै बोरा ल्याउन उर्दी जारी गरेका हौं' व्यवस्थापन समितिका अध्यक्ष महादेव पासवानले भने । 

तीन वर्षअघि सञ्चालनमा आएको दलित विद्यालयले भर्खरै मात्र शिक्षा कार्यालय गौरबाट स्विकृति पाएको छ । सिसु र कक्षा १ सम्म सञ्चालनमा रहेको दलित प्राविमा १ सय ३० बालबालिकाहरू अध्ययनरत छन् । तीमध्ये १ सयभन्दा बढी दलित बालबालिका रहेका छन् । 

विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाले घरबाटै बस्नका लागि बोरा बोकेर ल्याउने गरेका छन् । विद्यालयमा एक दुई थान मात्र बेन्च भएकाले अन्य विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य हँुदै आएको छ । आर्थिक स्रोत नभएकाले डेक्स र बेञ्च बनाउन नसकेको प्रधानाध्यापक सुनिता आचार्यले बताइन् ।

प्रअ आचार्यसँगै शिक्षिका मनिता चौधरीले एक वर्षदेखि निःशुल्क पढाइरहेकी छन् । विद्यालयलाई शिक्षा कार्यालयबाट एउटा पनि दरबन्दी प्राप्त भएको छैन । विद्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी दुखा चौधरीले २ कठ्ठा जनिम दान गरेका छन् । पासवान, राम, माझीलगायतका दलित परिवारका बालबालिकाका अलवा जनजातिका बालबालिकासमेत विद्यालयमा पढ्न जाने गरेका छन् । 

गाविसले उक्त विद्यालय सञ्चालनका वेलामा ३० हजार आर्थिक सहयोग गरेको थियो ।

--
kantipur

महिनामा १० दिनमात्र उद्योग खुल्यो

पर्सा (वीरगन्ज), माघ ३- वीरगन्ज–पथलैया औद्योगिक करिडोर उद्योगको उत्पादन पुस महिनामा जम्मा दस दिनमात्रै सुचारु भएको छ। विभिन्न राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, जातीय सङ्गठन र स्वयम् मजदुर हडतालका कारण करिडोर उद्योगको उत्पादन ह्वात्तै घटेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ।


करिडोरमा ठूला तथा साना गरी दुई सयभन्दा बढी उद्योग सञ्चालनमा रहेकामा पुस महिनामा २० दिन पूरै बन्द र हडतालका कारण उद्योगको उत्पादन ठप्प भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अशोक टेमानीले बताए।

एक दिन उद्योग बन्द हुँदा १० करोड घाटा लाग्नेमा २०–२० दिनसम्म उद्योगको उत्पादन ठप्प हुँदा आफूहरुले अर्बौंको घाटा बेहोर्नु परेको करिडोरका उद्योगीले गुनासो गरेका छन्। बन्द, हडताल गर्ने प्रवृत्ति तत्काल अन्त्य नभएमा उद्योगहरुले मात्रै नभई राज्यले समेत ठूलो क्षति बेहार्नुपर्नेमा उनीहरुले सतर्क गराएका छन्।
- रासस

सख्खरले बढायो मदिरा उद्योग

बारा, २०६६ माघ २ - 
उखु खेती घटेका कारण चिनीको अभाव चालू वर्ष जारी रहने देखिए पनि पर्याप्त सख्खर उत्पादन भइरहेकोले घरेलु मदिराका पारखी चिन्तित हुनुपर्ने छैन । उखु तानातानमा सख्खर उत्पादक क्रसर उद्योगहरूले चिनी उद्योगलाई उछिन्दै पर्याप्त सख्खर उत्पादन गरिरहेका छन् । 

'सख्खर उद्योग तानातानमा उत्रिएपछि उखुको मूल्य बढेको मात्र छैन,' इन्दुशंकर चिनी उद्योगका प्रबन्ध निर्देशक राजेश केडिया भन्छन्, 'चिनी उद्योग पछि पर्न थालेका छन् ।' क्रसर उद्योगसँग प्रतिस्पर्धाका कारण उखु नपुगेर पटकपटक उद्योग बन्द हुने गरेको उनले बताए ।

'चिनी नपाए पनि उपभोक्ताका लागि घरेलु मदिरा उद्योग समस्यामुक्त छन्,' लुम्बिनी सुगर मिलका प्रबन्ध निर्देशक मनीष अग्रवालले भने, 'किनकी ठूलो परिमाणमा सख्खर उत्पादन भइरहेको छ ।'  कलैयास्थित महाकाली क्रसर उद्योगका सञ्चालक रामबाबु यादवका अनुसार उत्पादित सख्खरको  ७० प्रतिशतभन्दा बढी घरेलु रक्सी बनाउन प्रयोग हुन्छ । बाँकी उत्पादन पशुदाना र साँस्कृतिक पर्वका मिठाई र आयुर्वेद औषधिमा खपत हुन्छ,' उनले भने । सरकारले सख्खरलाई नशालु पदार्थको सूचीमा राखेको छ । 

सुनसरीदेखि बारासम्मका लागि उखुको मूल्य ४ सय १  प्रतिक्विन्टल निर्धारण गरिएको छ । तर सख्खर व्यवसायीहरूले घरघरमै पुगेर उद्योगभन्दा बढी मूल्य प्रस्ताव गर्न थालेपछि चिनी उद्योग उखुको मूल्य बढाउन बाध्य भएका छन् ।

उखु राम्रोसँग तयार नहुँदै सख्खर उद्योग सञ्चालन हुन थालेकाले नारायणी नदी पश्चिमका क्षेत्रमा त उखुको मूल्य नै निर्धारण हुन सकेन । डेढ महिनाअघि ४ सय रुपैयाँ प्रतिक्विन्टलमा उखु खरिद गर्न थालेका उद्योगले अहिले ४ सय ६५ रुपैयाँसम्म दिँदा पनि पर्याप्त उखु पाएका छैनन् । पटकपटक उखुको अभावमा मिल बन्द हुने गरेको अग्रवालले बताए । 'अहिलेसम्म ४ लाख क्विन्टल क्रसिङ हुनुपथ्र्यो,' उनले भने, 'तर उखु नपाएकाले आधाजति मात्र क्रसिङ गर्न सकियो ।'

अग्रवालका अनुसार नवलपरासीमा क्रसरहरूले ५ सय रुपैयाँसम्म दिन थालेका छन् । उखु अभावमा यसरी पटकपटक क्रसिङ रोक्नुपर्दा उत्पादन लागत थप बढ्ने उनले जनाए ।  सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा १ सय ५० बढी क्रसर सञ्चालनमा रहेको अनुमान छ ।  नवलपरासीमा पनि सोही संख्यामा क्रसर सञ्चालित छन् । एउटै उद्योगले दैनिक १ हजार क्विन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता राख्छन् ।

दैनिक १५ हजार क्विन्टल क्रसिङ क्षमताको बारास्थित मामकौर सुगर मिलले चालू मौसममा १० लाख क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको छ । तर उखु अभावको कारण लक्ष्य पुग्ने सम्भावना छैन,' महाप्रबन्धक शिवनाथ शर्माले भने । उद्योगमा भन्दा क्रसरमा उखुको दर बढी भएकाले क्रसरमा उखु जाने गरेको छ । 

प्रतिक्विन्टल उखु क्रसिङबाट ८ किलोग्राम चिनी उत्पादन हुन्छ भने १० किलो सख्खर उत्पादन हुन्छ । उत्पादकले प्रतिकिलो सख्खरमा ५० रुपैयाँ पाइरहेका छन् । चिनी उत्पादनमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । तर करको दायरामा आएका क्रसरले वाषिर्क ३०/४० हजार रुपैयाँ कर तिर्ने गरेका छन् । अधिकांश सख्खर उत्पादन गर्ने क्रसर करको दायराबाहिर छन् । 

दर्तासमेत नभएका यस्ता क्रसरले विद्युत पनि हुकिङ गर्ने भएकाले लागत मूल्य निकै कम छ । १ सय ५० भन्दा बढी क्रसर सञ्चालनमा रहेको अनुमान गरिएको सर्लाहीमा २ वटा क्रसर मात्र दर्ता छन् ।

--
kantipur

Matrika's Maoists seize land

SARLAHI, Jan 16: Cadres of the CPN-Maoist (Matrika group) has declared the seizure of 40 bighas of land and houses on it belonging to Jolly Pradhan at Netragunj of Sarlahi district.

Party cadres led by central member Surendra Ajad erected a flag on the land, Friday.

The Maoists said they seized her seven concrete houses remaining unused in Netragunj as she was living in USA.

Previously, the Maoists had seized 80 bighas of land in Bhaktipur VDC.

The Maoist interference will be removed if the landowner filed petition, said CDO Basant Raj Gautam.


-
RSS

मधेसका मुद्धा पुरा नभए आन्दोलन गर्ने : तमलोपा

 सत्तारुढ दल तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ। उसले संविधानसभाबाट मधेशका मुद्दा संवोधन हुने संभावना नदेखिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।तमलोपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले पर्याप्त काम गर्न नसकेको बताए। तमलोपाले २०६३ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सम्झौता पुरा गर्न सरकारसँग माग समेत गरेको छ। तमलोपाले संविधान लेखन र सेना समायोजनलाई बेवास्ता गरी सत्ता लिप्सामा लागेका मुख्य ३ दलका क्रियाकलापले निर्धारित समयमा संविधान जारी नहुने संभावना बढेको आरोप समेत लगाएको छ।

--

Maoists hastily withdraws Terai bandh

Unified CPN (Maoist) has on Thursday unceremoniously called off the bandh it enforced in different Terai districts in protest of the recent killings of their cadres in Bara.

The party said it took the decision keeping in view the Manghe Sankranti festivals that is being celebrated across the country on Friday.  Maghe Sankranti is one of the biggest festival that is celebrated in the Terai by mainly the ethnic Tharu community of the region.

Like in all bandhs, transportation had been obstructed, and markets, educational institutions, factories and some offices in the districts had remained closed since early morning in various Terai districts.

Saptari, Parsa and Chitwan districts were less affected by the bandh with some vehicles plying on the road and markets open.

Maoist cadres had also staged demonstrations in some places including Kapilvastu district headquarter Taulihawa early today.

They  demanded action against those involved in the killings and an assurance of security.

Meanwhile, the local administration of Bara has agreed to provide Rs 150,000 as compensation and Rs 5000 as cost for final rituals to the family of Maoist leader Rajesh Mandal - murdered Tuesday night, and recommend to the government to declare him a martyr.

Following the agreement, Bhojpura Rajya Samiti of the UCPN (Maoist) had agreed to end the indefinite Parsa bandh it had called since Wednesday morning.


Ban on sand, stone export flayed

JAN 13 - 
Entrepreneurs on Tuesday criticised the government's decision to ban the export of sand and crushed stones saying that the decision had been taken unilaterally.

They complained that the government did not discuss the matter with the stakeholders before issuing the order.  Addressing a press meet, president of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Kush Kumar Joshi said that the government's sudden decision could affect 100,000 workers directly and put 500,000 households in difficulty.    

Joshi said that a number of unscrupulous traders might have been mining valuable resources illegally, but the government should not make the entire industry suffer.

He urged the government to conduct a study on the issue before imposing a blanket ban. "There should be a clear provision on the quantity of supply and excavating limit after the study," Joshi said.

On Jan. 4, the parliamentary Natural Resources and Means Committee had directed the coalition government to immediately stop the export of sand and stones to India to prevent environmental degradation

The government ban is likely to affect Rs. 40 billion worth of investment. 

Crusher entrepreneurs said that they had already taken large advance payments from Indian importers. "Besides, we are being blamed as being anti-nationalist," they said. 

"We have been observing the government's environmental guidelines," said Krishna Sharma, coordinator of the crusher entrepreneurs' ad hoc committee formed to pressure the government on the issue. 

According to him, there are 200 crusher industries established across the country to export sand and crushed stones. Similarly, 5,000 tippers and 750 heavy loaders were being used for the purpose.

Of the total investment, 75 percent is of banks and financial institutions. The annual production in the sector is Rs. 60 billion of which Rs. 50 billion worth is exported to India. The industries have been paying Rs. 2.5 billion to the government in taxes. 

Krishna Prasad Prasain, advisor to the committee, said that they had been exploiting the stones and sand swept down by the rivers in the Chure-Bhawar to the Tarai plains. 

"These abundant mounds of stones and sand in the rivers are collected for crushing as per the government's standards and directives," he said. The recently signed revised Nepal-India treaty allows stone aggregates, boulders, sand and gravel to be exported to India. 

Similarly, Nepal's decision to ban the export of sand, boulders and crushed stones is going to affect India's construction industry.

The crusher entrepreneurs admitted that there had been rampant illegal excavation to export boulders and crushed stones to India, which they said the government should stop by being more vigilant.

According to a study, nearly 60,000 tons of sand, stones and boulders are being exported to India daily.

--
ekantipur

MJF announces fresh protests


THT Online

KATHMANDU: Accusing the government of failure in implementing the past agreements, Madhesi Janaadhikar Forum on Thursday announced a nationwide protest from January 17 to February 3.

The protest programmes include submitting memos to the District Administration Offices of the respective districts, protest rallies, mass meetings, torch rallies and sit-in protests, among others. MJF is also organising a huge mass meeting in Sarlahi, Saptari and Kailali districts which will be addressed by senior leaders including party chairman Upendra Yadav.

The MJF protests come at a time when the main opposition UCPN-Maoist is in its fourth phase of protests. But an MJF leader said that his party was not supporting the Maoist protests but was only seeking their rights from the government by demanding it to implement the past agreements.

On Wednesday, MJF chairman Yadav had predicted the future of the incumbent government saying it was on the brink of collapse. Yadav claimed that the protests were required as the main parties in the politics were time and again defying the Madhesi issues.

MJF had even submitted a memo to Prime Minister Madhav Kumar Nepal and drew the government’s attention to their demands, however, it said the government turned a deaf ear to it.

प्रशासनका अधिकृतलाई कालोमोसो

सर्लाही, २०६६ पुस २६ -
पुर्नगठीत माओवादी पार्टीका कार्यकर्ताले नागरिकता बनाउन घुस लिएको भन्दै इलाका प्रशासन कार्यालय हरिऔनका अधिकृतलाई आइतबार कालोमोसो दलेका छन् ।

इश्वरपुर गाबिस-५ की पगनीदेवी चौधरीको नागरिकता बनाउन अधिकृत टिकाराज पौडेलले एक हजार ५ सय घुस लिएको भन्दै अपरान्ह मातृका यादब समूहका कार्यकर्ताले कार्यालयबाट निकाली कालोमोसो दलेका हुन् ।

पार्टीका सह सेक्रेटरी भिम पौडेलले गरिब आदिबासी महिलाको नागरिकता बनाउँदा कागजपत्र पुगेन भन्ने बहानामा घुस लिएको सूचना पाएपछि कार्यकर्ताले कालोमोसो दलेको बताए । 'हामी पुगेपछि उनले पैसा फिर्ता लैजानु भने,' पौडेलले भने, 'सार्वजनिक स्थानमा घुस फिर्ता हुनुपर्छ भनेर कार्यालयबाट उनलाई निकालेपछि कार्यकर्ताले कालोमोसो दले ।'

नजिकै रहेको इलाका प्रहरी कार्यालय अघिल्तीर अधिकृत पौडेललाई कार्यकर्ताले कालोमोसो दलेका थिए । कालोमोसो दलेपछि प्रहरीले हस्तक्षेप गरी अधिकृत पौडेललाई इलाका प्रहरी कार्यालय भित्र सुरक्षामा राखेको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघनाथ पाध्याले सुनियोजित ढंगले पौडेललाई फसाउन घुसको नाटक मन्चन भएको बताए । नागरिकता बनाउन आएको समुहले नै पौडेलेको घर्रामा जबर्जस्ती खामबन्दी पैसा राखेर घुस लिएको भन्दै कालोमोसो लगाएको पाध्याले बताए ।

प्रहरी कार्यालय अघिल्तीरै घट्ना भएपनि मोसो दल्ने कोही पक्राउ परेका छैनन् । प्रहरीले अधिकृत पौडेललाई तत्काल मातृका यादबका कार्यकर्ताबाट मुक्त गरेपनि कसैलाई पक्राउ गरेको थिएन् । केहिबेर प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै मासो दल्ने समूह र्फकेको थियो । 



--ekantipur.com
अमन कोइराला

A person killed dozen injured at Sarlahi

A person has been killed as a sand grinding machine pressed them during the work on Saturday at Sangrampoor of Sarlahii district.

According to the information the deceased has been identified as Chandrika Thakur Lohar of Sitamadi of India.

Likewise, in the Ramnagar Pauhawa of the same district at least 20 people have been injured among them four person are critical as the rivaling faction scuffled each other. The police have said that the reason behind the scuffle is yet to conformed.

--

reviewnepal.com

ट्याक्टर दुर्घटनामा थुप्रै महिला घाइते

पुस २५- ट्याक्टर दुर्घटनामा परी सप्तरीमा एक दर्जन महिला घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। 


सप्तरीको कोइलाडी बर्साइनबाट छिमेकी गाउँमा भोजमा सहभागी हुन २० जना महिलालाई लिएर जाँदै गरेको स.१ त. १३५८ नम्बरको ट्र्याक्टर राजविराज–हनुमाननगर सडकखण्डको मंसापुर नजिकै पल्टिँदा दुर्घटना भएको हो।

ट्र्याक्टरको धुरी भाँचिएर ट्रेलर पल्टिँदा भएको उक्त दुर्घटनामा कोइलाडी बर्साइन गाविस– ७ बस्ने बच्चादेवी साह, द्रोपदी राय, अहिल्यादेवी दास र लक्ष्मिनिया देवी पैकरा गम्भीर घाइते भएका छन्। उनीहरुलाई स्थानीय सगरमाथा अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरान पठाइएको अस्पताललाई उदृत गर्दै राससले जनाएको छ।

जनकपुरमा बिहानैदेखि यातायात ठप्प

जनकपुर , २०६६ पुस २२ - जनकपुर अञ्चल बस व्यबसायी संघले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दको कारण बुधबार विहानैदेखि वस सेवा अवरुद्ध छ । विहान चार वजेदेखि नै संचालित हुने लामो र छोटो दूरीका वस सेवाहरु संचालित भएन ।

अंचल वस व्यावसायी संघको मंगलबार साँझ सम्पन्न आपातकालीन बैठकले स्थानीय प्रशासनको ढुलमुल रवैयाको विरोधमा जनकपुरबाट चल्ने लामो र छोटो दूरीका सम्पूर्ण बस सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

बस व्यावसायी संघका अध्यक्ष तेजनारायण चौधरीले प्रेस विज्ञप्ति प्रकाशित गरी जनकपुरबाट महोत्तरीको संग्रामपुर रुटमा संचालित हुने ना२ ख ६२२ र ज१ ख ४१८ नम्बरको बस पुस १८ गते राती अपहरण गरिएको र ती वस खोजी गर्न महोत्तरी,सर्लाही र धनुषाका प्रशासनले सहयोग नगरेको उल्लेख गरेका छन् ।

चौधरीका अनुसार- भारतीय नम्बर प्लेटको बोलेरो गाडीमा सवार भई आएका चार-पाँच जनाको समूहले ड्राइभर, कन्डक्टर र खलासी सहितलाई अपहरण गरेको थियो । चौधरीले उक्त वस अपहरणमा सर्लाही मलंगवा नगर पालिका वार्ड नम्बर- ९ का दीपलाल महतो , वार्ड नम्बर- १० का बिनोद अधिकारी रहेको दावी पनि गरेका छन् ।

अपहरणमा परेको बस फिर्ता नगरिए भोलिदेखि अझ कडा संघर्षमा उत्रिने चेतावनी पनि बस व्यावसायी सघले दिएको छ ।
--
ekantipur

चिसोले जनजीवन प्रभावित

जनकपुर- करिब एक साताको शीतलहर तथा पश्चिमी हावाको कारण अस्त व्यस्त यस क्षेत्रमा मंगलबार सूर्य उदाएको छ । सूर्य उदयसँगै तापक्रम बढेको छ भने जनजीवन सामान्य भएको छ । शीतलहर र बाक्लो हुस्सुको कारण हवाई सेवा दुई दिनसम्म बन्द गर्नु परेको थियो भन्ने अत्यधिक जाडोको कारण बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका थिए ।
जाडोबाट जोगिन नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले सोमबार जनकपुरको चोकमा धुनी लगाउनका लागि दाउरा वितरण गरेको थियो । दुई दिनदेखि बन्द रहेको जनकपुर हवाई अडडा पनि खुलेको छ । मंगलबार काठमाडौं जनकपुर नियमित उडान भर्ने तीनवटै हवाई सेवा सञ्चालित भएको छ । सोमबार अपराह्नको दुई सेवा सञ्चालित भए पनि कुहिराका कारण बिहानको सेवा अवरुद्ध गर्नुपरेको थियो । गत शनिबार र आइतबार हवाई सेवा ठप्प भएको थियो ।


--
kantipur

 
^