Loading...

सर्लाही जलमग्न, पोखरी भरिएर सडकमा माछा निस्किए


आश्विन ९ - आइतबार साँझदेखि परेको वर्षाले सोमबार अपराह्न सर्लाहीका अधिकांश भू-भाग जलमग्न भएको छ ।
बढी क्षति गर्ने वागमती, लखनदेही र झिम नदी भरिएका छन् । यसबर्ष तीनवटै नदीमा बर्षा लागे पछिको सबै भन्दा ठूलो बाढी देखिएको हो ।
पानी जमेर सदरमुकाम मलंगवाका सम्पूर्ण सडक जलमग्न भएका छन् । पोखरी भरिएर सडकमा समेत माछा निस्किएका छन् । पूर्व पश्चिम राजमार्ग र मलंगवा नवलपुर सड्कमा अत्यन्तै कम सवारी चलेका छन् । झरीका कारण प्याब्सनले बिद्यालय बन्द गरेको छ ।
जिल्लाको दक्षिणी भेगमा डुवान बढेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए । 'अहिले सम्म खासै क्षती भएको र उद्दार गरिहाल्नु पर्ने अवस्था आएको छैन,' उनले भने, 'तर, निरन्तर पानी परिरहे भन्न सकिने अवस्था पनि छैन् ।'
जिल्ला प्रशासन कार्यालयले निरन्तर झरी परिरहेपछि सोमबार स्थानीय एफएम रेडियो मार्फत नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
--

Comments :

0 comments to “सर्लाही जलमग्न, पोखरी भरिएर सडकमा माछा निस्किए”

Post a Comment

 
^